वीरगञ्ज महानगरपालिकामा गठबन्धनका सिहंको अग्रता | Khabarhub Khabarhub

वीरगञ्ज महानगरपालिकामा गठबन्धनका सिहंको अग्रता


१ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज- मधेश प्रदेशको एक मात्र महानगरपालिका पर्साको वीरगञ्ज महानगरपालिकाको पछिल्लो मतगणनाअनुसार प्रमुख पदमा गठबन्धनका उम्मेदवार  राजेशमान सिंहले दुई हजार २८२ मतसहित अग्रतालाई निरन्तरता  दिएका छन्। 

यसैगरी नेकपा (एमाले) का उम्मेदवार विजयकुमार सरावगीले  ९१६ मतसहित उनीसँग प्रतिस्पर्धामा छन्। महानगरपालिकाको मतगणना अनुसार हाल वडा न १, २, ३१ र ३२ को मतगणना जारी छ । मतगणना गर्न लामो समय लाग्ने भएकाले अन्तिम नतिजा आउन एक साता लाग्ने छ । 

महानगरपालिका नेतृत्वका लागि गठबन्धन बनाउँदा  नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) (एस) र  जनता समाजवादी पार्टी (जसपा) का बीच एक समूह बनाएर तालमेल बनाएर सिंहलाई उम्मेदवार बनाएको छ भने नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच आर्को समूह बनाएर निवर्तमान प्रमुख सरावगीलाई उम्मेदवार बनाएको हो ।

यद्यपि पर्साका वीरगञ्ज महानगरपालिका बाहेकका अन्य पालिकामा राजनीतिक दलबीच खासै तालमेल भएको छैन । पर्सामा मधेश प्रदेशको एक मात्र महानगरपालिका, वीरगञ्ज महानगरपालिकासहित अन्य तीन वटा नगरपालिका र १० वटा गाउँपालिका रहेका छन् । पर्साका अन्य पालिकामा पनि मतगणना जारी छ । जिल्लाको १४ वटै पालिकामा मतगणनाका लागि मतगणनास्थलमा आवश्यक फलामे तारजालीसहित सिसिटिभि जडान गरी व्यवस्थापन मिलाइएको  छ  ।

पर्सामा रहेका कूल १४ वटा पालिकाको विभिन्न पदको जनप्रतिनिधिका निर्वाचनमा लागि कूल  तीन हजार २९७ जना चुनावी प्रतिस्पर्धामा रहेका हुन् । पालिका रहेको पर्सामा हाल एक लाख ४८ हजार २८३  जना महिला र  एक लाख ९१ हजार ५३७ जना पुरुष र १६ जना तेस्रो लिङ्गी गरी तीन लाख ३९ हजार ८३६ जना  मतदाता रहेका थिए । 

प्रकाशित मिति : १ जेठ २०७९, आइतबार  ५ : ५९ बजे

दुई एआइजी र दुई डिआइजीलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं – नेपाल प्रहरीका दुई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) र

लप्चिका स्थानीयवासीलाई गाउँमै पुगेर सीमा पास वितरण

दोलखा – दोलखा र चीनको सीमानामा पर्ने लप्चि नाकाका स्थानीयवासीलाई

वर्ल्डलिङ्कको रिट खारेज हुँदा राज्यकोषको अर्बौं रकम सुरक्षित

काठमाडौं – सर्वोच्च अदालतले वर्ल्डलिङ्क कम्युनिकेसन प्रालिले दायर गरेको आठ

सौराहालाई पर्यटन क्षेत्र घोषणा गर्न माग

चितवन – सौराहाका पर्यटन व्यवसायीहरुले सौराहालाई पर्यटन क्षेत्र घोषणा गर्न

स्पष्ट योजनाका साथ कार्य सम्पादन गर्न मुख्यमन्त्री अधिकारीको निर्देशन

गण्डकी – गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले स्पष्ट योजनाका साथ