जीतपुरसिमरामा गठबन्धनकै अग्रता « Khabarhub

जीतपुरसिमरामा गठबन्धनकै अग्रता


१ जेष्ठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जीतपुरसिमरा उपमहानगरपालिको मेयर र उपमेयरमा गठबन्धनकै उम्मेदवारले अग्रता लिएका छन् । 

गठबन्धनबाट मेयरमा उम्मेदवार बनेका माओवादीका केन्द्रका राजन पौडेलले ४ हजार ४ सय ८२ मत र गठबन्धनमा नेपाली कांग्रेसबाट उपप्रमुखको उम्मेदवार बनेकी मेघा शाहीले ४ हजार ८८ मत ल्याएकी छिन् । त्यसैगरी, एमालेकी मेयरको उम्मेदवार बनेकी सरस्वती देवी चौधरी ३ हजार ४ सय ९९ मत ल्याएकी छिन् । भने एमालेका उपप्रमुख पदका उम्मेदवार भोला प्रसाद अधिकारीले ३ हजार ७ सय ९४ मत ल्याएका छन् । लोसपाबाट मेयरका उम्मेदवार सञ्जय कुमार साहले १ हजार २ सय ७१ मत ल्याएका छन् । लोसपाका उपप्रमुख बिपि मोक्तानले १ हजार २ सय ५३ मत ल्याएका छन् ।

राप्रपा माधव त्रिपाठीले मेयर पदमा ६ सय ६ र राप्रपाकै सुष्मा मिश्रले उपमेयर पदमा ७ सय ५४ ल्याएकी छन् । उपमहानगरपालिका अन्तर्गतको वडा नम्बर १ , २२ , २३ र २४ मा नेपाली कांग्रेसका उम्मेदवारले विजयी हासिल गरेका छन् । वडा नम्बर १ मा ३ हजार ७ सय २० मत खसेको थियो । नेपाली कांग्रेसका उम्मेदवार हिरा बहादुर गुरुङले १ हजार ५ सय ४५ मत ल्याउँदै विजयी भएका हुन् । वडा नम्बर १ मा नेकपा एमाले वडा अध्यक्ष उम्मेदवार हिरा बस्नेतले १ हजार २ सय ४१ मत , एकीकृत समाजवादी वडा अध्यक्ष उम्मेदवार रामदास धौजुले १ सय ३२ मत , राप्रपा वडा अध्यक्ष उम्मेदवार धिरज पुडासैनीले १ सय ३१ मत प्राप्त गरेका छन् । 

यस्तै , वडा नम्बर २३ मा नेकपा एमाले बिजयी वडा अध्यक्ष उम्मेदवार मुस्तकिम अन्सारीले ७ सय ८२ मत ल्याउँदै विजय हासिल गरेका छन् । उनका निकटम् प्रतिद्वन्द्वी लोसपा वडा अध्यक्ष उम्मेदवार अस्लम देवानले ४ सय ८९ मत ल्याएका छन् । यस्तै , नेपाली काङ्ग्रेसका वडा अध्यक्ष उम्मेदवार ताहिर मियाँ हुसेनले १ सय ३ मत ल्याएका छन् । वडा नं.२३ मा जम्मा १ हजार ३ सय ९० मत खसेको थियो ।

यस्तै , वडा नम्बर २२ मा १ हजार २ सय ३१ मत खसेको थियो । वडा नम्बर २२ मा नेपाली कांग्रेसका उम्मेदवार शेखर काजी रुम्बा सहित प्यानल नै विजयी भएका छन् । शेखरले ३ सय ३५ मत ल्याउँदा नेकपा एमाले वडा अध्यक्ष उम्मेदवार दिपेन्द्र लामाले ३ सय ५ मत , जसपा वडा अध्यक्ष उम्मेदवार सूर्य बहादुर थिङ्गले २ सय ७६ मत , माओवादी केन्द्र वडा अध्यक्ष उम्मेदवार बीर बहादुर तामाङले २ सय १९ मत , एकीकृत समाजवादी वडा अध्यक्ष उमेदवारले १०० र राप्रपा वडा अध्यक्ष उम्मेदवार प्रलाद ठकुरीले ५६ मत ल्याएका छन् । 

वडा नं २४ मा पनि नेपाली कांग्रेसका तर्फबाट वडा अध्यक्ष पदका उम्मेदवार सुल्तान अन्सारीको प्यानलनै विजयी भएका छन् । लोकतान्त्रिक समाजवादी पार्टी लोसपाको तर्फबाट वडा अध्यक्ष पदका उम्मेदवार कलामुदिन मिया अन्सारीलाई पराजित गर्दै नेपाली कांग्रेसका उम्मेदवार सुल्तान अन्सारी वडा अध्यक्षमा निर्वाचित भएका छन्  ।

वडा अध्यक्षसँगै नेपाली कांग्रेसको तर्फबाट ३ जना वडा सदस्यहरू पनि निर्वाचित भएका छन् । वडा नम्बर २४ मा यसअघि नै नेकपा एमालेको तर्फबाट एक जना दलित महिला सदस्य निर्विरोध निर्वाचित भइसकेकी छिन् ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  ६ : १८ बजे

दसैँको शुभकामना दिँदै बालेन लेख्छन्- गाउँघर उजाडिने नियति बदल्न हातेमालो गराैँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशलाई सुशासन र समृद्धिको मार्गमा

सर्लाहीको हरिपुरमा म्याजिक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुर स्कुलस्थित नवलपुर–मलङ्गवा सडकखण्डमा म्याजिक

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,