बारामा १७ वडाको मतगणना सकियो, कसले कहाँ जिते ? « Khabarhub

बारामा १७ वडाको मतगणना सकियो, कसले कहाँ जिते ?


१ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा– बारा जिल्लाको विभिन्न पालिकाहरुमा गरी अहिले सम्म १७ स्थानमा वडाअध्यक्षको मत गणना सम्पन्न भएको छ । १७ विजयी वडाहरुमा नेपाली कांग्रेस १२ स्थानमा बिजयी भएको छ भने एमाले ३ वडामा र जसपा २ वडामा विजयी भएका छन् ।

जीतपुरसिमरा उपमहानगरपालिकामाको वडा नम्बर १, २२, २४ गरी तीन वडामा कांग्रेस र २३ नं. वडामा एमालेले जित हासिल गरेको छ ।

त्यस्तै सिम्रौनगढ नगरपालिकामा नेपाली कांग्रेसले वडा नम्बर १ र २ मा जीत हात पारेको छ ।

कोल्हवी नगरपालिकामा १०, ११ मा नेपाली कांग्रेसले वडा अध्यक्षमा जित हात पारेको छ । त्यसैगरी प्रसौनी गाँउपालिकाको वडा २ मा काग्रेस विजयी भएको छ भने १ नं. वडामा एमाले जीत हात पारेको छ ।

परवानीपुर गाँउपालिकाको वडा नम्बर १ मा एमाले र , २ मा नेपाली कांग्रेसका उम्मेदवारले जीत हात पारेका हुन् ।

त्यस्तै निजगढ नगरपालिकाको वडा नम्बर १२, १३ वडाअध्यक्षमा नेपाली कांग्रेसले जित हात पारेको छ ।

त्यसैगरी करैयामाई गाँउपालिकामा वडा नम्बर १ र ८ मा क्रमश जसपा र एमाले निर्वाचित भएको जिल्ला निर्वाचन अधिकारी सरोज कुमार चौधरीले बताए ।

आर्दश कोतवाल गाँउपालिकाको वडा नम्बर १ मा जसपाका उम्मेदवारले जीत हात पारेका हुन् । त्यसैगरी कलैया उपमहानगरपालिका वडा नम्बर २ मा नेपाली कांग्रेसले जित हात पारेको छ ।

प्रकाशित मिति : १ जेठ २०७९, आइतबार  ११ : ४५ बजे

नवौं संस्करणको निफ चैत १९ बाट

काठमाडौं – नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले नेपाली चलचित्रलाई विश्व

शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौं : राष्ट्रपति

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले परिवर्तित सन्दर्भमा नवपुस्ता मात्र नभएर सबै

तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द

एजेन्सी– इरानले बिहीबार बिहान कुनै स्पष्ट कारण नखुलाई व्यावसायिक उडानहरूका

पाकिस्तानी जेलबाट २२१ जना अफगान कैदी रिहा

एजेन्सी– गत हप्ता पाकिस्तानी जेलबाट रिहा भएका २२१ जना अफगान

‘सूचना प्रविधिको प्रयोगप्रति आयोग संवेनशील छ’

काठमाडौं– कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन व्यवस्थापनमा सूचना प्रविधिको