पञ्चेश्वर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले निर्वाचित « Khabarhub

पञ्चेश्वर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले निर्वाचित


१ जेष्ठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– बैतडीको पञ्चेश्वर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा पुरानै व्यक्ति दोहोरिएका छन् ।

गाउँपालिका अध्यक्षमा नेकपा एमालेका गोरख बहादुर चन्द र उपाध्यक्षमा एमालेकै बिना भट्ट विजय भएका हुन् ।

आज सम्पन्न अन्तिम मत परिणाम अनुसार अध्यक्षमा चन्द झण्डै १३ सय मतान्तरले विजयी भएका छन् । उनले ३ हजार ७ सय ८२ मत ल्याउदा गठबन्धनका कांग्रेस उम्मेदवार रमेश भण्डारीले २हजार ४ सय ८८मत ल्याएका छन् ।

उपाध्यक्षमा एमालेकै बिना भट्टले ३हजार ६४ मत ल्याउदा गठबन्धनका उम्मेदवार नेकपा(एकीकृत समाजवादी)का राजेन्द्र चन्दले २ हजार ५ सय मत प्राप्त गरेका छन् ।

पञ्चेश्वर गाउँपालिकाको वडा नं. १ मा माओवादी केन्द्रबाट देवानीराम सार्की विजयी भएका छन् भने, वडा नं. २ मा माओवादी केन्द्रकै वीर बहादुर चन्द विजयी भएका छन् ।

वडा नं ३ मा नेकपा एमालेका मिन बहादुर चन्द बिजयी भएकाछन् । वडा नं ५ मा नेपाली कांग्रेसका नरेश चन्द ४४७ मत लिएर बिजयी हुदाँ वडा नं. ६ मा एमालेका राम सिंह पुजारा विजयी हुनुभएको छ छन् । वडा न. ६मा नेकपा एमालेका जनक बहादुर चन्द विजयी भएका छन् ।

पञ्चेश्वरमा सत्ता साझेदार दलहरुले गठबन्धन गर्दा एमाले एक्लै चुनाव लडेको हो ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  ११ : ३९ बजे

दसैँको शुभकामना दिँदै बालेन लेख्छन्- गाउँघर उजाडिने नियति बदल्न हातेमालो गराैँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशलाई सुशासन र समृद्धिको मार्गमा

सर्लाहीको हरिपुरमा म्याजिक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुर स्कुलस्थित नवलपुर–मलङ्गवा सडकखण्डमा म्याजिक

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,