आईसीसी विश्वकप लिग शृङ्खला : नेपालसँग ओमान पराजित | Khabarhub Khabarhub

आईसीसी विश्वकप लिग शृङ्खला : नेपालसँग ओमान पराजित


१ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग दुई अन्तर्गत गएराति भएको खेलमा नेपालले ओमानलाई पराजित गरेको छ।

अमेरिकामा भइरहेको त्रिदेशीय श्रृङ्खलामा नेपालले ओमानलाई ७ विकेटले पराजित गरेको हो।

अमेरिकाको टेक्ससको मोसा क्रिकेट मैदानमा गएराति नेपालले लिगको शीर्ष स्थानमा रहेको ओमानलाई ७ विकेटले हराएको हो।

ओमानले दिएको १ सय ६४ रनको लक्ष्य नेपालले ३३ ओभर १ बलमा मात्र ३ विकेट गुमाएर भेट्टाएको थियो।

नेपालको जितमा आसिफ शेख ६२ र कुशल भुर्तेलले ५६ रनमा बनाउनुभयो। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमानले ४६ ओभर ५ बलमा अलआउट हुँदै १ सय ६३ रन बनाएको थियो।

ओमानलाई सस्तैमा समेट्न नेपालका करण केसीले ९ ओभरमा ३३ रन खर्चिएर ५ विकेट लिनुभयो। श्रृङ्खला अन्तर्गत नेपालले अन्तिम खेलमा अमेरिकाविरुद्ध बुधबार राति खेल्नेछ।

प्रकाशित मिति : १ असार २०७९, बुधबार  ५ : ५८ बजे

‘भोजपुर प्रतिभा पुरस्कार’बाट शाक्य पुरस्कृत

भोजपुर– प्रत्येक वर्ष प्रदान गरिँदै आएको ‘भोजपुर प्रतिभा पुरस्कार’बाट टक्सार

टुङ्गोमा पुगेन हमास र इजरायलको वार्ता

दोहा – इजरायल र हमासबीच आइतबार भएको वार्ता बिना निष्कर्ष

खावाको कृषि पकेट क्षेत्रमा सुन्तलाको बिरुवा वितरण

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिका– ५ खावाको कृषि पकेट क्षेत्रमा सुन्तलाका

कृषि कर्जालाई सरलीकृत गर्नुपर्नेमा मन्त्री अधिकारीको जोड

काठमाडौ‌– कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले कृषि कर्जालाई सरलीकृत

जिम्बाबेविरुद्ध मल्डरको दोहोरो शतकले बलियो अवस्थामा दक्षिण अफ्रिका

काठमाडौं – विश्व च्याम्पियन दक्षिण अफ्रिकाले जिम्बाबे विरुद्धको पहिलो टेस्टमा