आज सातै प्रदेशसभामा बजेट प्रस्तुत हुँदै « Khabarhub

आज सातै प्रदेशसभामा बजेट प्रस्तुत हुँदै


१ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मुलुकका सातवटै प्रदेश सरकारले आर्थिक वर्ष ०७९–८० को बजेट आज बुधबार सार्वजनिक गर्दैछन्।

संवैधानिक प्रावधान अनुसार, प्रदेश सरकारले आज वार्षिक बजेट सार्वजनिक गर्न लागेका हुन्।

संविधानतः संघ सरकारले १५ जेठमा बजेट घोषणाा गरेपछि प्रदेश सरकारले १ असारमा बजेट सार्वजनिक गर्न लागेका हुन्। सातै प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याइसकेका छन्।

प्रदेश सरकारले आ–आफ्नो प्रदेशअनुरुप प्राथमिकता निर्धारण गरेर बजेट तयार पारेको जनाएका छन्।

खासगरी कृषि, पर्यटन, सडक, खानेपानी र रोजगारी सिर्जना सबैजसोको प्राथमिकतामा छ।

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रीले प्रदेशसभामा बजेट प्रस्तुत गर्ने कार्यक्रम छ।

संघको बजेटले तोकेको सिलिङका आधारमा प्रदेश सरकारले बजेट ल्याउँदैछन्। सातवटै प्रदेश सरकारको चालु आवको बजेट २ खर्ब ६१ अर्ब रहेको छ।

प्रकाशित मिति : १ असार २०७९, बुधबार  ७ : ४३ बजे

बुढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट ६ जनाको उद्धार : प्रधानमन्त्री शाह

काठमाडौँ– प्रधानमन्त्री बालेन शाहले बुढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट ६ जनाको

नेपाली सनाको उद्धार टोली बूढीगण्डकी बाढी प्रभावितस्थलमा

काठमाडौँ– बूढीगण्डकीको आकस्मिक बाढीबाट प्रभावित क्षेत्रमा नेपाली सेनाको उद्धार टोली

बूढीगण्डकी बाढी : सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात

गोरखा– गोरखाको चुमनुब्री गाउँपालिका– ६ भएर बग्ने उङगिलुङ खोलाबाट बूढीगण्डकीमा

बाढीको जोखिमपछि गोरखाको आरुघाट बजार खाली गराइयो (तस्बिरहरु)

गोरखा– बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीपछि बाढीको जोखिमलाई मध्यनजर गर्दै

बूढीगण्डकी बाढी प्रभावितको उद्धारका लागि हेलिकप्टर परिचालन भइसक्यो : गृहमन्त्री गुरुङ

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले बूढीगण्डकी नदी तटीय क्षेत्रका बासिन्दाहरूलाई तत्काल