भीमसेनथापा गाउँपालिकाका पूर्वअध्यक्षसहित पाँच जनाविरुद्ध पक्राउ पुर्जी « Khabarhub

भीमसेनथापा गाउँपालिकाका पूर्वअध्यक्षसहित पाँच जनाविरुद्ध पक्राउ पुर्जी


१ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा- डिभिजन वन कार्यालय गोरखाले जिल्लाको भीमसेन थापा गाउँपालिकाका पूर्वअध्यक्ष ईश्‍वर पाण्डेसहित पाँच जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।

गाउँपालिकाको वडा नम्बर ८ स्थित भवानी सामुदायिक वनको वन पैदावरमा पाण्डेसहितले हानी नोक्सानी पुर्‍याएको भन्दै पुर्जी जारी गरेको कार्यालयले जनाएको छ।

पक्राउ पुर्जी जारी भएकामा सोही सामुदायिक वनका सचिव, सहसचिवलगायत छन्।

‘वन पैदावरमा हानी नोक्सानीको अभियोगमा पक्राउ पुर्जी जारी भएको छ। तर, अहिलेसम्म पक्राउ परेका छैनन्’ कार्यालयका सूचना अधिकृत महेश पौडेलले भने।

सोही अभियोगमा यसअघि नै वनका अध्यक्ष राम ढकाल पक्राउ परिसकेका छन्। उनी प्रहरी हिरासतमा छन्।

ढकालले दिएको वयानका आधारमा गाउँपालिकाका पूर्वअध्यक्ष पाण्डेसहित पाँच जनाविरुद्ध कार्यालयले पक्राउ पुर्जी जारी गरेको हो।

पौडेलले भनेका छन्, ‘हामी अहिले अनुसन्धानकै क्रममा छौँ। आवश्यक अनुसन्धान सकिएपछि सरकारी वकिलको रायसहित जिल्ला अदातलमा मुद्दा दर्ता गर्छौँ।’

प्रकाशित मिति : १ असार २०७९, बुधबार  ९ : ५० बजे

किन स्थगित भयो एमालेको मतदान?

काठमाडौँ– नेकपा एमालेको ११औँ महाधिवेशन जारी छ। महाधिवेशनअन्तर्गत आज मतदान

जेन-जी फन्टकी कर्णाली संयोजकको चेतावनी : भ्रष्ट कर्मचारीतन्त्र उखेलिन सुरु भयो, नतिजा चाहिन्छ

काठमाडौँ– जेन–जी फन्टकी कर्णाली प्रदेश संयोजक विनिता बोगटीले आफूहरू नडराएको

एमालेको मतदान समय सारियो, अब बुधबार बिहान ८ बजेदेखि

काठमाडौं- नेकपा एमालेको ११ औ महाधिवेशनमा मतदान भोलि बिहान ८

एमालेका महाधिवेशन प्रतिनिधिलाई हलभित्र पस्न आग्रह

काठमाडौं– नेकपा एमालेको एघारौं महाधिवेशनमा प्रतिनिधिहरूलाई हलभित्र प पस्न आग्रह