सुरक्षा गार्डमाथि खुकुरी प्रहार गरेको आरोपमा ट्रिनिटी कलेजका ४ विद्यार्थी पक्राउ « Khabarhub

सुरक्षा गार्डमाथि खुकुरी प्रहार गरेको आरोपमा ट्रिनिटी कलेजका ४ विद्यार्थी पक्राउ


१ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँको कालिकास्थानस्थित ट्रिनिटी कलेजका सुरक्षा गार्डमाथि खुकुरी प्रहार गरेको आरोपमा चार विद्यार्थी पक्राउ परेका छन् ।

मंगलबार दिउँसो साढे १ बजे कलेजमा कार्यरत सुरक्षा गार्डलाई खुकुरी प्रहार गर्ने उनीहरूलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।

प्रहरी वृत्त सिंहदरबारबाट खटिएको प्रहरी अधिकारीका अनुसार खुकुरी प्रहारबाट गार्डको बायाँ कानमुनि चोट लागेको छ । घाइतेलाई उद्धार गरी मोडेल अस्पतालमा लगेर उपचार गराइएको र उनी उपचारपछि डिस्चार्ज भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

प्रहरीका अनुसार मानविकी संकायमा कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरूबिच १० दिनअघि कलेज परिसरमा बास्केटबल खेल्दा विवाद भएको थियो । सोही विषयलाई लिएर कलेजमा दुई पक्षबिच झै-झगडा हुँदा सुरक्षा गार्ड छुटाउन गएका थिए । सो क्रममा खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा म्याग्दी घर भई काठमाडौँको तारकेश्वर बानियाँटार बस्ने जोसेन बानियाँ, रामेछाप घर भई काठमाडौँ डिल्लीबजार बस्ने बिपिन खत्री, ओखलढुङ्गा घर भई हाल घट्टे कुलो बस्ने प्रतीक खतिवडा र टोखाका सञ्जीव भण्डारी रहेको प्रहरीले जनाएको छ । उनीहरू सबै १८ वर्षका हुन् ।

प्रकाशित मिति : १ असार २०७९, बुधबार  १० : ५८ बजे

रसुवा बाढीबारे सरकारी कामकारबाहीको जानकारी माग

काठमाडौं– श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले रसुवा बाढीपछि सरकारले

विद्याको इन्ट्रीले गिजोलियो एमाले पुनर्गठनको बहस

काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको ओलीपछिको दोस्रो वरीयतामा इन्ट्री

याङयाङ खोलामा नयाँ गोरेटो बाटो निर्माणः स्थानीयलाई राहत

रसुवा– याङयाङ खोलादेखि तुइनसम्मको गोरेटो बाटो मर्मत तथा निर्माणकार्य सम्पन्न

महाधिवेशन प्रतिनिधिमा गगन सर्वसम्मत हुँदा विश्वप्रकाश निर्वाचनबाट चुनिए

काठमाडौं– गगन थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट सर्वसम्मत महाधिवेशन

कांग्रेसमा ४४ हजार युवाले पाए जिम्मेवारी, एक लाख युवा उम्मेदवार

काठमाडौँ– नेपालमा राजनीतिक दलहरूको इतिहासमै पहिलो पटक नेपाली कांग्रेसको १५औँ