उपत्यकामा एकै दिन २३ सय १९ जना सवारी चालकमाथि कारबाही « Khabarhub

उपत्यकामा एकै दिन २३ सय १९ जना सवारी चालकमाथि कारबाही


१ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकै दिन २ हजार ३१९ जना सवारी चालकलाई कारबाही गरेको छ ।

ट्राफिक नियम उल्लङ्घन गरेका कारण मंगलबार उपत्यकाको विभिन्न स्थानमा उनीहरूलाई कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कारबाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने १४८ जना, मदिरा पिएर सवारी साधन चलाउने १०९ जना, जथाभाबी यात्रु चढाउने तथा ओराल्ने १०० जना, लेन उल्लङ्घन गर्ने ८५ जना, तीव्र गतिमा सवारी साधन चलाउने ७६ जना चालक रहेका छन् ।

यस्तै, ढोका खुल्लै राखेर सवारी चलाउने ७६ जना, रातो बत्तीको उल्लङ्घन गर्ने ५० जना, अवस्था ठिक नभएका सवारी साधन चलाउने ३९ जना र क्षमता भन्दा बढी यात्रु राख्ने २४ जना चालकहरू पनि कारबाहीमा परेको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १ असार २०७९, बुधबार  ११ : ३७ बजे

नेपाली सनाको उद्धार टोली बूढीगण्डकी बाढी प्रभावितस्थलमा

काठमाडौँ– बूढीगण्डकीको आकस्मिक बाढीबाट प्रभावित क्षेत्रमा नेपाली सेनाको उद्धार टोली

बूढीगण्डकी बाढी : सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात

गोरखा– गोरखाको चुमनुब्री गाउँपालिका– ६ भएर बग्ने उङगिलुङ खोलाबाट बूढीगण्डकीमा

बाढीको जोखिमपछि गोरखाको आरुघाट बजार खाली गराइयो (तस्बिरहरु)

गोरखा– बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीपछि बाढीको जोखिमलाई मध्यनजर गर्दै

बूढीगण्डकी बाढी प्रभावितको उद्धारका लागि हेलिकप्टर परिचालन भइसक्यो : गृहमन्त्री गुरुङ

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले बूढीगण्डकी नदी तटीय क्षेत्रका बासिन्दाहरूलाई तत्काल

कांग्रेस महामन्त्रीमा पौडेल र पुन अगाडि, अरुको अवस्था के छ ?

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महामन्त्री (खुला २) पदका लागि