सुनिशासँग लगनगाँठो कस्दै राज | Khabarhub Khabarhub

सुनिशासँग लगनगाँठो कस्दै राज


१ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- हाँस्य टेलीफिल्म ‘तीतो-सत्य’ मा राज बनेर अभिनय गरेका राज आचार्यले अभिनेत्री सुनिशा बजगाईंसँग विवाह गर्ने भएका छन् । टेली फिल्ममा दीपक राज गिरी र दीपाश्री निरौलाको छोरा बनेर अभिनय गरेका राजले सुनिशासँग यही असार ७ गते विवाह गर्न लागेका हुन् ।

सुनिशाले मंगलबार मात्र यस भनेको फोटो राख्दै विवाहका लागि स्वीकृति दिएको सङ्केत दिएकी थिइन् । त्योभन्दा अघि पनि उनले साथीको मेहन्दीको तस्बिर राख्दै ‘आइ एम नेक्स्ट’ को क्याप्सन राखेकी थिइन् ।

दुई हप्ता अघि जन्मदिन परेकी सुनिशालाई राज आचार्यसँगै दीपाश्री निरौलाले पनि ‘बुहारी ह्रयाप्पी बर्थ डे’ भन्दै सुनिशालाई शुभेच्छा दिएकी थिइन् । अभिनय छाडेर पढ्न गएका राजले चार्टर्ड अकाउन्ट सकाएका छन् ।

राज र सुनिशालाई केही समयदेखि टिकटक भिडियोमा बाक्लै देखिने गरेको थियो । यसैगरी राजले ‘छक्का पञ्जा’ सिरिजबाट अभिनयमा कम ब्याक गर्ने चर्चा छ । राज र सुनिशाले केही समयअघि ‘नजिक’बोलको म्युजिक भिडियोमा पनि सँगै अभिनय गरेका थिए ।

प्रकाशित मिति : १ असार २०७९, बुधबार  १२ : १६ बजे

सार्वजनिक लेखा समितिको २३ औँ प्रतिवेदन स्वीकृत

 काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकले सार्वजनिक लेखा समितिको २३ औँ प्रतिवेदन

एप्पोनको अध्यक्षमा विप्लव अधिकारी सर्वसम्मत चयन 

काठमाडौं– नेपाल औषधि उत्पादक संघ (एप्पोन)को अध्यक्षमा विप्लव अधिकारी सर्वसम्मत

प्रेम, द्वन्द्व र मौन विद्रोहको कथा स् बसन्त चौधरीको उपन्यास ‘देवयानी’

काठमाडौं– नेपाली साहित्यमा लामो समयदेखि कविता, गजल, गीत र प्रेरणादायी

धार्मिक पर्यटन मधेस प्रदेशको समृद्धिको आधार हो : मुख्यमन्त्री सिंह

महोत्तरी– मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले धार्मिक पर्यटन मधेसको समृद्धिको

करेन्ट लागेर रौतहटमा एक जनाको मृत्यु

रौतहट– रौतहटको ईशनाथ नगरपालिका–८ मन्सरी टोलमा सोमबार राति करेन्ट लागेर