एसपीपी सम्झौता गरेर देशलाई भूराजनीतिक द्वन्द्वमा धकेल्ने प्रयास स्वीकार्य हुँदैन – प्रदीप ज्ञवाली « Khabarhub

एसपीपी सम्झौता गरेर देशलाई भूराजनीतिक द्वन्द्वमा धकेल्ने प्रयास स्वीकार्य हुँदैन – प्रदीप ज्ञवाली


१ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले देशलाई भूराजनीतिक द्वन्द्वमा धकेल्ने कार्य भएको भन्दै आपत्ति जनाएको छ ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा एमालेका सांसद प्रदीप ज्ञवालीले अमेरिकी ‘स्टेट पार्टनरसिप प्रोग्राम’ (एसपीपी) सम्झौता गरेर सरकारले देशलाई भूराजनीतिक द्वन्द्वमा धकेल्ने कार्य गरेको भन्दै आपत्ति जनाएको हो ।

देशलाई भूराजनीतिक द्वन्द्वमा धकेल्ने कार्य एमालेलाई स्वीकार्य नरहेको उनको भनाइ छ । पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका ज्ञवालीले भने, ‘सदनलाई, सरकारलाई, सिङ्गो देशलाई आग्रह गर्न चाहन्छु, नेपाललाई भूराजनीतिक द्वन्द्वमा धकेल्ने काम कुनै पनि हालतमा स्वीकार्य हुँदैन । हामी यो हुन दिँदैनौँ ।’

नेपालको सबै देशसँग मित्रता रहेको भन्दै उनले एसपीपी सम्झौताबारे सरकारले संसद्मा जवाफ दिनुपर्ने माग गरे । नेपाल सैन्य गठबन्धनमा जोडिँदा देशको परराष्ट्रनीति उल्लङ्घन हुने चेतावनी दिएका ज्ञवालीले भने, ‘एसपीपीका बारेमा मस्यौदा सार्वजनिक भएसँगै नेपालको सिङ्गो समाज त्रसित, आशङ्कित र गम्भीर भएको छ । कमसेकम यो लेभेलसम्म यो सरकार पुग्ला कसैले पनि अपेक्षा गरेको थिएन । कसको कमान्ड, ब्यानरमा नेपाली सेनालाई अगाडि लिन खोजिँदैछ ? नेपालको एउटा छिमेकीको ढोकैनेर गएर सैनिक गतिविधि गर्न दिने ?’

कुनै देशको रणनीतिको साझेदार बन्न सक्दैनौँ भन्न नसक्नेलाई सरकारमा बसिरहन नैतिक अधिकार पनि नरहेको उनको भनाइ छ ।

प्रकाशित मिति : १ असार २०७९, बुधबार  १२ : २९ बजे

मुलुकमा शान्ति र स्थायित्वका लागि सबै समुदायबीच एकता अपरिहार्य : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति र स्थायित्वका लागि सबै

दक्षिण अफ्रिकामा विद्यार्थी बोकेको मिनीबस ट्रकसँग ठोक्किँदा १२ जनाको मृत्यु

एजेन्सी– दक्षिण अफ्रीकाको जोहानेसबर्ग स्थित एक स्कुलका विद्यार्थीहरू बोकेको मिनीबस

माघ २० गतेभित्र हातहतियार बुझाउन निर्देशन

पर्वत– जिल्ला प्रशासन कार्यालय पर्वतले यही माघ २० गते भित्र

तस्बिरमा हेर्नुहोस्, रास्वपाको चुनावीसभा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले धनुषाको जनकपुरमा परिवर्तन उद्घोष

उम्मेदवारी दिन रुकुम पूर्व पुगे प्रचण्ड 

रुकुम– नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’