एसपीसी सम्झौताबारे प्रधानमन्त्रीले तत्काल सदनलाई जवाफ दिनुपर्छ : गगन थापा  « Khabarhub

एसपीसी सम्झौताबारे प्रधानमन्त्रीले तत्काल सदनलाई जवाफ दिनुपर्छ : गगन थापा 


१ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सत्तारुढ कांग्रेस महामन्त्री तथा सांसद गगन थापाले अमेरिकी ‘स्टेट पार्टनरसिप प्रोग्राम’ (एसपीपी) सम्झौताबारे रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले जवाफ दिनुपर्ने बताएका छन् ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसद थापाले अमेरिका सँग गर्न लागिएको भनिएको एसपीपीबारे प्रधानमन्त्रीले संसद्मा जवाफ दिनुपर्ने बताएका हुन् । सदन र संसदीय समितिमा सांसदहरूले प्रश्न उठाइरहेकाले प्रधानमन्त्रीले जवाफ दिनुपर्ने उनको भनाइ छ ।

‘केही दिनदेखि संसद्को समितिमा, संसद्को बैठकमा माननीयज्यूहरूले एसपीसी सम्झौताबारेमा गम्भीर विषय उठाइरहनु भएको छ । यो विषय सरकारसँग सम्बन्धित छ । रक्षा मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्रीले सम्हाल्नु भएको छ,’ थापाले भने, ‘संसद्मा यतिको विषय उठिसकेपछि रक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्नु भएका प्रधानमन्त्रीले संसद्मा उभिएर तत्काल जवाफ दिनुपर्छ ।’

एसपीपी सम्झौता के हो र यो कसको पालामा भएको भन्दै उनले जिज्ञासासमेत गरे । केही समयअघि एमसीसी सदनबाट पारि गरेको स्मरण गराउँदै उनले तर, नेपाली सेना संलग्न हुने कुनै पनि सम्झौता गर्न नहुने बताए ।

‘हामीले केही समय अगाडि सदनबाट एमसीसी अनुमोदन गर्‍यौँ । यस्ता विकास साझेदारीको विषय अमेरिकासँग, चीनसँग, भारतसँग, सबै शक्ति राष्ट्रसँग थप आबद्ध हुने, संलग्न हुने हो, यसबाट केही लिने हो । तर, नेपाली सेना संलग्न हुने कुनै पनि साझेदारी, चाहे त्यो छिमेकी देशसँग होस्, चाहे त्यो शक्ति राष्ट्रसँग होस्, मित्रराष्ट्रसँग होस्, त्यसमा नेपाल सहभागी हुन सक्दैन । हुन पाउँदैन । हुन दिँदैनौँ,’ उनले भने, ‘नेपालको विकासका लागि सबै मित्रराष्ट्र, छिमेकी, शक्ति राष्ट्रसँग मिलेर काम गर्ने हो । उनीहरूले यो गर, योसँग गर, योसँग नगर भन्यो भने नसुन्ने हो ।’

तर, सामरिक विषयमा भने नेपाल संलग्न हुन नहुने भन्दै उनले पुनः यसबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताए ।

प्रकाशित मिति : १ असार २०७९, बुधबार  १२ : ५६ बजे

मोहम्मद सलाह टर्की पुग्दा समर्थकको भव्य स्वागत, ट्राब्जोनस्पोरमा अनुबन्ध हुँदै

काठमाडौँ – इजिप्टका स्टार फुटबलर मोहम्मद सलाह टर्किस सुपर लिग

गल्ती स्वीकार गर्दै फिफा अध्यक्ष इन्फान्टिनोले मागे माफी, राजीनामा नदिने

काठमाडौँ – अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) का अध्यक्ष ज्यानी इन्फान्टिनोले

वित्तीय संकटमा परेकालाई कसरी राहत दिने? अर्थमन्त्री वाग्लेले मागे राष्ट्र बैंकसँग सुझाव

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वित्तीय संकट व्यहोरिरहेका नागरिक

बिहीबारका लागि तोकियो विदेशी मुद्राको विनिमय दर : कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका ९बिहीबार०का लागि विदेशी मुद्राको

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल साउन २१ गते बिहीबार सन् २०२६