सुपर डान्सर नेपाल :  फिजिकल अडिशन, अब डिजिटल अडिशन सुरु | Khabarhub Khabarhub

सुपर डान्सर नेपाल :  फिजिकल अडिशन, अब डिजिटल अडिशन सुरु


१ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फ्रेन्चाइज शो ‘सुपर डान्सर नेपाल’ को फिजिकल अडिशन सकिएको छ । इटहरी, नेपालगञ्ज, बुटवल, चितवन, पोखरा हुँदै गत शनिबार काठमाडौंमा भव्य अडिशनसँगै ‘सुपर डान्सर नेपाल’ को फिजिकल अडिशन सकिएको हो । काठमाडौंको अडिशन आयोजकले अपेक्षा गरेभन्दा उत्साहजनक भएको बताईएको छ । काठमाडौं अडिशनमा ३ सय प्रतिस्पर्धीले सहभागीता जनाए । ‘सुपर डान्सर’ को क्रेज काठमाडौंमा राम्रो देखिएको आयोजक ए.डी. रिलिज प्रा.ली.की कम्युनिकेसन्स शेन म्यानेजर रश्मी अग्रवालले बताइन् । 

कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने शो को पहिलो चरण सकिएसँगै अब प्रशारणको तरखर सुरु भएको छ । यस्तै, भोलिदेखि डिजिटल अडिशन हुने अग्रवालले जानकारी दिइन् । छुटेका र थाहा नपाएका ट्यालेन्टहरुलाई पुनः अवसर दिने हेतुले डिजिटल अडिशन राखिएको उनले बताइन् । डिजिटल अडिशनमा भाग लिन एकदेखि डेढ मिनेटसम्मको डान्स भिडियो इमेल [email protected]  मा पठाउन सक्ने आयोजकले जनाएको छ ।

फिजिकल अडिशन दिएका प्रतिस्पर्धीले डिजिटल अडिशन दिने पाउने छैनन् । भिडियो प्रष्ट बुझिने हुनुपर्ने बताईएको छ । भिडियो पठाउँदा नाम, ठेगाना, उमेर र सम्पर्क नम्बर पनि उल्लेख गर्नुपर्ने आयोजकले जनाएको छ । असार १ गतेदेखि शुरु हुने डिजिटल अडिशन असार ७ गतेसम्म हुनेछ ।

‘सुपर डान्सर’ अहिलेसम्मकै सबैभन्दा ठूलो तथा सर्वाधिक रुचाइएको भारतीय टेलिभिजन रियालिटी शो हो । नेपालको लागि औपचारिक रुपमा‘ सुपर डान्सर नेपाल’ फ्रेन्चाइज शो उत्पादन, बजारीकरण र प्रशारणको सर्वाधिकार ए.डी. रिलिजको रहेको छ ।

प्रकाशित मिति : १ असार २०७९, बुधबार  १ : ०६ बजे

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

श्रीलङ्काविरुद्ध नेपाल ७-० ले विजयी

काठमाडौं – नेपाली टोलीकी फरवार्ड मीना देउवाको ह्याट्रिकमा नेपालले दक्षिण

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार ३२ गते बुधबार। साउन

आज २०८२ साल असार ३२ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार ३२ गते बुधबार। साउन

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति