सुपर डान्सर नेपाल :  फिजिकल अडिशन, अब डिजिटल अडिशन सुरु « Khabarhub

सुपर डान्सर नेपाल :  फिजिकल अडिशन, अब डिजिटल अडिशन सुरु


१ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फ्रेन्चाइज शो ‘सुपर डान्सर नेपाल’ को फिजिकल अडिशन सकिएको छ । इटहरी, नेपालगञ्ज, बुटवल, चितवन, पोखरा हुँदै गत शनिबार काठमाडौंमा भव्य अडिशनसँगै ‘सुपर डान्सर नेपाल’ को फिजिकल अडिशन सकिएको हो । काठमाडौंको अडिशन आयोजकले अपेक्षा गरेभन्दा उत्साहजनक भएको बताईएको छ । काठमाडौं अडिशनमा ३ सय प्रतिस्पर्धीले सहभागीता जनाए । ‘सुपर डान्सर’ को क्रेज काठमाडौंमा राम्रो देखिएको आयोजक ए.डी. रिलिज प्रा.ली.की कम्युनिकेसन्स शेन म्यानेजर रश्मी अग्रवालले बताइन् । 

कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने शो को पहिलो चरण सकिएसँगै अब प्रशारणको तरखर सुरु भएको छ । यस्तै, भोलिदेखि डिजिटल अडिशन हुने अग्रवालले जानकारी दिइन् । छुटेका र थाहा नपाएका ट्यालेन्टहरुलाई पुनः अवसर दिने हेतुले डिजिटल अडिशन राखिएको उनले बताइन् । डिजिटल अडिशनमा भाग लिन एकदेखि डेढ मिनेटसम्मको डान्स भिडियो इमेल [email protected]  मा पठाउन सक्ने आयोजकले जनाएको छ ।

फिजिकल अडिशन दिएका प्रतिस्पर्धीले डिजिटल अडिशन दिने पाउने छैनन् । भिडियो प्रष्ट बुझिने हुनुपर्ने बताईएको छ । भिडियो पठाउँदा नाम, ठेगाना, उमेर र सम्पर्क नम्बर पनि उल्लेख गर्नुपर्ने आयोजकले जनाएको छ । असार १ गतेदेखि शुरु हुने डिजिटल अडिशन असार ७ गतेसम्म हुनेछ ।

‘सुपर डान्सर’ अहिलेसम्मकै सबैभन्दा ठूलो तथा सर्वाधिक रुचाइएको भारतीय टेलिभिजन रियालिटी शो हो । नेपालको लागि औपचारिक रुपमा‘ सुपर डान्सर नेपाल’ फ्रेन्चाइज शो उत्पादन, बजारीकरण र प्रशारणको सर्वाधिकार ए.डी. रिलिजको रहेको छ ।

प्रकाशित मिति : १ असार २०७९, बुधबार  १ : ०६ बजे

प्रभावित क्षेत्रका नागरिकको उद्धार र राहतमा एकजुट हुन हर्क साम्पाङको अपिल

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रभावित क्षेत्रका नागरिकको

यस्तो देखियो बाढीले तहसनहस त्रिशूली बजार (तस्बिरहरू)

नुवाकोट- चीनको तिब्बत हुँदै भोटेकोसी नदीमा आएको बाढीले नुवाकोटको त्रिशूली

धिरज मगरको उपस्थितिमा निरजरा ब्युटी सलोनको १८ औं वार्षिक उत्सव कार्यक्रम

काठमाडौं – नायक धिरज मगरको विशेष उपस्थितिमा निरजरा ब्युटी सलोन

प्रतिनिधिसभामा रसुवा बाढीको बहस, छिटो नागरिकको उद्धार गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं– भोटेकोशी नदी रसुवामा आएको बाढीबाट प्रभावित क्षेत्रका सांसदहरुले छिटो

भोटेकोशी बाढी : रसुवाबाट मात्रै २६ प्रहरी सम्पर्कविहीन

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आज आकस्मिकरुपमा आएको बाढीमा परी २६