‘बाबरी रंग’ मा धिरजसँग रोमान्टिक अदिति (भिडियो) « Khabarhub

‘बाबरी रंग’ मा धिरजसँग रोमान्टिक अदिति (भिडियो)


१ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिल्म ‘बाबरी’ को रोमान्टिक गीत सार्वजनिक गरिएको छ । मंगलबार आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको गीत‘बाबरी रंग’ बोलको रहेको छ । गीतमा अभिनेत्री अदिती बुढाथोकी र धिरज मगरलाई फिचर्ड गरिएको छ । सार्वजनिक गीतमा निर्देशक अनमोल गुरुङको शब्द, संगीत तथा स्वर सुन्न सकिन्छ । गायनमा अस्मिता अधिकारीले संगीतमार गुरुङलाई साथ दिएकी छन् । सार्वजनिक गीतमा विक्रम लामा र एञ्जिला खत्रीको कोरियोग्राफी हेर्न पाइन्छ । सिनेमाको सार्वजनिक गीतले दर्शकको मन जित्नेमा निर्माण टिम विश्वस्त देखिन्छ ।

गीत रिलिज कार्यक्रममा उपस्थित भएर निर्माता संघका अध्यक्ष आकाश अधिकारी र अभिनेता भुवन केसीले बाबरीलाई सफलताको शुभकामना दिए । गीत रिलिज कार्यक्रममा बोल्दै ‘बाबरी’ को टिजरले दर्शकको मन जितेकाले पनि गीतबाट धेरै अपेक्षा राखेको अभिनेत्री अदिती बुढाथोकीले बताइन् । मुख्य अभिनेता धिरजले पनि सिनेमाको कथा मन परेकै कारण अन्तिम समयमा आएर आफुले ‘बाबरी’ मा काम गर्न सहमत भएको बताए ।

त्रिकोणात्मक प्रेमकथामा आधारित फिल्मलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् । आउँदो भाद्र ३१ गते प्रदर्शन तय गरिएको फिल्ममा बादल भट्ट, कमणमणी नेपाल, उर्मिला बस्नेत, ध्रुव कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशला तामाङ, दीलिप गुरुङ लगायतका कलाकारको पनि अभिनय रहेको छ ।

बाबरी फिल्मको प्रस्तुती र सुष्मा प्रोडक्सनको सहकार्यमा निर्माण भएको फिल्मको निर्माता गणेश बुढाथोकी पुष्पालता बुढाथोकी हुन् । सुष्मा गुरुङ सह-निर्माता रहेको फिल्मको कथा निर्देशक पौडेलले नै लेखका हुन् । यसमा काली प्रसाद बास्कोटा, सुजन चापागाई र अनमोल गरुङको संगीत र एञ्जिला खत्री र विक्रम लामाको कोरियोग्राफी रहेको छ । पटकथा तथा संवाद रित सिंह बोहोरा, सिजन दाहाल, मनोज त्रिपाठी र किशोर नेपालले मिलेर लेखेका हुन् ।

प्रकाशित मिति : १ असार २०७९, बुधबार  १ : १३ बजे

बूढीगण्डकीमा आएको बाढीले आरुघाटस्थित पक्की पुल र केरौँजा जाने झोलुंगे पुल बगायो

काठमाडौँ– गोरखाको बूढीगण्डकीमा आएको बाढीले आरुघाट गाउँपालिकास्थित सोती र मान्बु

रियाद विमानस्थलमा हुथी विद्रोहीको आक्रमण, १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

काठमाडौँ– साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा इरान

किन गरिन्छ घटस्थापना ? जानौँ दसैँको पहिलो दिनको महत्त्व

नेपाली हिन्दू धर्मावलम्बीको जीवनमा सबैभन्दा महत्त्वपूर्ण चाड दसैँ हो। यो

बूढीगण्डकीको बाढीले चुमनुब्रीका ३५ घर बगायो

गोरखा– गोरखाको चुमनुब्री गाउँपालिका–६ भएर बग्ने उङ्गिलुङ खोलाबाट आएको बूढीगण्डकीको

गोरखाको बूढीगण्डकी नदीमा लेदोसहितको भीषण बाढी, तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

काठमाडौँ– गोरखाको बूढीगण्डकी नदीमा लेदो र गेग्रानसहितको भीषण बाढी आएको