खोलामा डुबेर दुई जनाको मृत्यु « Khabarhub

खोलामा डुबेर दुई जनाको मृत्यु


१ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नुवाकोट र नवलपरासी (पश्चिम) खोलामा डुबेर दुई जनाको मृत्यु भएको छ । 

नुवाकोटको बेलकोटगढी नगरपालिका–६ स्थित तोरी स्वाँरा खोलामा डुबेर सोही नगरपालिका–६ सिउरानी बस्ने ६५ वर्षीय मुराली सार्कीको मंगलबार साँझ मृत्यु भएको छ । नवलपरासी (पश्चिम) को पाल्हिनन्दन गाउँपालिका–२ झरही खोलामा डुबेर सोही गाउँपालिका सुगौली बस्ने धर्मेन्द्र हरिजनको छोरा ११ वर्षीय पवन हरिजनको मंगलबार मृत्यु भएको छ । 

पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको जिल्ला अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको हो ।  दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

प्रकाशित मिति : १ असार २०७९, बुधबार  १ : २० बजे

उम्मेदवार खेरेललाई तीन दिनभित्र स्पष्टीकरण पेस गर्न आयोगको निर्देशन

काठमाडौं– निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी दोलखाका उम्मेदवार जगदीश खरेललाई

आज वसन्तपञ्चमी : सरस्वतीको विधिपूर्वक पूजा हुँदै

काठमाडौं – प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी

निर्वाचन ४१ दिन बाँकी : उम्मेदवारलाई आज चुनाव चिह्न प्रदान गरिने

काठमाडौं – प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारले आज दिउँसो

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल माघ ९ गते शुक्रबार माघ