प्रतिनिधिसभामा शेयर बजार समस्याबारे ध्यानाकर्षण « Khabarhub

प्रतिनिधिसभामा शेयर बजार समस्याबारे ध्यानाकर्षण


१ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिनिधिसभाको आजको बैठकमा नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले धितो पत्र बजारको स्थायित्व र लगानीकर्ताको विश्वास कायम गराउन नियामक निकायको ध्यानाकर्षण गराएका छन्।

आजको बैठकमा विशेष समय लिएर सांसद थापाले समग्र अर्थतन्त्रको परिसूचकका रूपमा रहने शेयर बजारको स्थायित्व र सबलताले लगानीकर्ताको मात्र नभई समग्र अर्थतन्त्र उन्नयनतर्फ लाने हुँदा हाल धितो पत्र बजारमा देखिएका समस्याका बारेमा सदनलाई स्पष्ट पार्न माग गरे ।

उनले सामान्य अवस्थामा शेयर बजार तलमाथि हुने, तरलता अभावले बजारमा प्रभाव पर्ने नियमित प्रक्रिया भएता पनि केही नीतिगत कारणले बजार अस्थिर हुन नहुने बताउँदै धितो पत्र बजारको नीति दिगो र अर्थतन्त्रलाई सबलीकरण गर्ने खालको बनाउन माग गरे।

अहिलेको बजारमा साना लगानीकर्ता अझ बढी मारमा परेको र आम लगानीकर्ताको सुरक्षाका बारेमा सरकार र नियामकले गरिरहेका कामका बारेमा जानकारी गराउन थापाले सरकारको ध्यानाकर्षण गराए।

कांग्रेस महामन्त्री थापाले गत लामो समयदेखि अस्थिर रहेको सेयर बजारको संरक्षण र लगानीकर्ताको प्रोत्साहनका लागि कार्यक्रम ल्याउन सरोकारवालाको ध्यानाकर्षण गराएका हुन् ।

सेयर बजारको स्थायित्व, सबलताले लगानीकर्ताको मात्र नभएर समग्र अर्थतन्त्रको सबलीकरणमा योगदान पुग्छ भन्दै उनले सेयर बजारको स्थायित्व कायम गर्न, सेयर बजारमाथि विश्वास कायम गर्न अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र नियामक धितो पत्र बोर्डले के कस्ता काम गरिरहेका छन् भनी प्रश्न गरे ।

साथै उनले साना लगानीको संरक्षणका लागि भइरहेका कामहरूबारे सदनलाई जानकारी गराउन माग गरे। नेता थापाले भने, “विस २०७८ भदौ २८ गते नेप्से परिसूचक बढेर तीन हजार १९८ को उच्चतम विन्दुमा पुगेको थियो । यही जेठ ३१ गते घटेर एक हजार ९९९ मा झरेको छ । यसले सेयर बजारको विश्वसनीयतामा नकारात्मक असर पर्नाका साथै साना लगानीकर्ता उठ्न नसक्ने गरी थला पारेको छ । अस्थिर नीतिका कारण लगानी बजार धराशायी बनेको छ, यसको तत्काल समाधान खोजिनुपर्छ ।”

प्रकाशित मिति : १ असार २०७९, बुधबार  १ : ३६ बजे

डडेल्धुरा गएनन् सागर, गुल्मी १ मा प्रदीप ज्ञवाली र चन्द्र भण्डारीसँग रास्वपाबाट प्रतिस्पर्धा गर्ने

काठमाडौं- २०७९ सालको निर्वाचनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध प्रतिस्पर्धा

ट्रम्पको ‘शान्ति समिति’ मा पुटिनलाई निमन्त्रणा

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेको ‘शान्ति समिति’

रास्वपाबाट टिकट पाएपछि सञ्चारमन्त्रीले दिए राजीनामा

काठमाडौं- सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले पदबाट राजीनामा

‘अष्ट्रेलियामा अर्बपतिहरूको सम्पत्तिमा वृद्धि’

एजेन्सी – अष्ट्रेलियाका ४८ अर्बपतिहरूको कुल सम्पत्ति देशको ४० प्रतिशत

गगनले बाँडिसके हिमाली र उच्च पहाडी जिल्लाका २० क्षेत्रका लागि कांग्रेसको टिकट

काठमाडौं- नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन