प्रतिनिधिसभामा शेयर बजार समस्याबारे ध्यानाकर्षण « Khabarhub

प्रतिनिधिसभामा शेयर बजार समस्याबारे ध्यानाकर्षण


१ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिनिधिसभाको आजको बैठकमा नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले धितो पत्र बजारको स्थायित्व र लगानीकर्ताको विश्वास कायम गराउन नियामक निकायको ध्यानाकर्षण गराएका छन्।

आजको बैठकमा विशेष समय लिएर सांसद थापाले समग्र अर्थतन्त्रको परिसूचकका रूपमा रहने शेयर बजारको स्थायित्व र सबलताले लगानीकर्ताको मात्र नभई समग्र अर्थतन्त्र उन्नयनतर्फ लाने हुँदा हाल धितो पत्र बजारमा देखिएका समस्याका बारेमा सदनलाई स्पष्ट पार्न माग गरे ।

उनले सामान्य अवस्थामा शेयर बजार तलमाथि हुने, तरलता अभावले बजारमा प्रभाव पर्ने नियमित प्रक्रिया भएता पनि केही नीतिगत कारणले बजार अस्थिर हुन नहुने बताउँदै धितो पत्र बजारको नीति दिगो र अर्थतन्त्रलाई सबलीकरण गर्ने खालको बनाउन माग गरे।

अहिलेको बजारमा साना लगानीकर्ता अझ बढी मारमा परेको र आम लगानीकर्ताको सुरक्षाका बारेमा सरकार र नियामकले गरिरहेका कामका बारेमा जानकारी गराउन थापाले सरकारको ध्यानाकर्षण गराए।

कांग्रेस महामन्त्री थापाले गत लामो समयदेखि अस्थिर रहेको सेयर बजारको संरक्षण र लगानीकर्ताको प्रोत्साहनका लागि कार्यक्रम ल्याउन सरोकारवालाको ध्यानाकर्षण गराएका हुन् ।

सेयर बजारको स्थायित्व, सबलताले लगानीकर्ताको मात्र नभएर समग्र अर्थतन्त्रको सबलीकरणमा योगदान पुग्छ भन्दै उनले सेयर बजारको स्थायित्व कायम गर्न, सेयर बजारमाथि विश्वास कायम गर्न अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र नियामक धितो पत्र बोर्डले के कस्ता काम गरिरहेका छन् भनी प्रश्न गरे ।

साथै उनले साना लगानीको संरक्षणका लागि भइरहेका कामहरूबारे सदनलाई जानकारी गराउन माग गरे। नेता थापाले भने, “विस २०७८ भदौ २८ गते नेप्से परिसूचक बढेर तीन हजार १९८ को उच्चतम विन्दुमा पुगेको थियो । यही जेठ ३१ गते घटेर एक हजार ९९९ मा झरेको छ । यसले सेयर बजारको विश्वसनीयतामा नकारात्मक असर पर्नाका साथै साना लगानीकर्ता उठ्न नसक्ने गरी थला पारेको छ । अस्थिर नीतिका कारण लगानी बजार धराशायी बनेको छ, यसको तत्काल समाधान खोजिनुपर्छ ।”

प्रकाशित मिति : १ असार २०७९, बुधबार  १ : ३६ बजे

नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यक : पूर्वअर्थमन्त्री खनाल

काठमाडौं – पूर्वअर्थमन्त्री रामेश्वरप्रसाद खनालले आगामी आर्थिक वर्षको बजेट आकार

रिंकुकुमारी हत्या प्रकरण : वडा सदस्यसहित १४ जनालाई कैद सजाय

सिरहा – सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया रिंकुकुमारी सदायको

कञ्चनपुरबाट ब्राउन सुगरसहित चार जना पक्राउ

कञ्चनपुर – कञ्चनपुरको बेलौरी नगरपालिका–१० सडकघाटस्थित नेपाल–भारत सीमा क्षेत्रबाट ब्राउन

सरकारले भन्यो : वास्तविक सुकुम्बासीको पहिचान र सुरक्षित व्यवस्थापनपछि मात्र सार्वजनिक जग्गा खाली गरिनेछ

काठमाडौं – सरकारले वास्तविक सुकुम्बासीको पहिचान गरी उनीहरूलाई सुरक्षित रूपमा

रोल्पा जीप दुर्घटना अपटेड : मृतकको संख्या २० पुग्यो

दाङ – रोल्पामा आज भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको