रनवीर र आलिया अभिनीत ‘ब्रह्मास्त्र’ को ट्रेलर सार्वजनिक « Khabarhub

रनवीर र आलिया अभिनीत ‘ब्रह्मास्त्र’ को ट्रेलर सार्वजनिक


१ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– रनवीर कपूर र आलिया भट्ट अभिनीत फिल्म ‘ब्रह्मास्त्र’ को ट्रेलर सार्वजनिक भएको छ । आयन मुखर्जीद्वारा निर्देशित यो फिल्म सन् २०२२ को प्रतीक्षित मध्येको एक हो । आगामी सेप्टेम्बर ९ मा प्रदर्शन हुने फिल्मको पहिलो भागलाई ‘शिव’ भनिएको छ । सत्य असत्य, आशा र निराशाबीचको लडाइँ देखाइएको फिल्मको सार्वजनिक ट्रेलरमा भारतीय इतिहासलाई आधुनिकतासँग जोडेर  ‘फेन्टासी’ कथावस्तु चित्रण गरिएको छ ।

फिल्ममा रनवीरले शिवको भूमिका निर्वाह गरेका छन् । उनी फिल्ममा अग्नि अस्त्र बनेका छन् । उनले आफ्नो क्षमता बुझ्ने र आफू झैँ अस्त्रहरूको समीपमा पुग्ने कथालाई पहिलो भागमा निर्देशक मुखर्जीले समेटेका छन् । फिल्ममा आलियाले इशाको भूमिका निर्वाह गरेकी छिन् । 

शिव अर्थात रनवीरको प्रेम इशा अर्थात आलियासँग बस्छ । उनीहरूको प्रेमसँगै शिवको अस्त्रहरुको समिश्रणराक्षसहरुको लडाइँलाई फिल्ममा चित्रण गरिएको छ । निर्देशक मुखर्जीले एस्ट्राभर्स नामक सिनेम्याटिक युनिभर्सको निर्माण गर्ने योजना अनुसार ‘ब्रह्मास्त्र’ आउने बताए । तीन भागमा बन्ने फिल्मको अन्य दुई भाग पनि आउने छ । निर्देशक मुखर्जीको अनुसार यो भारतको पहिलो सिनेम्याटिक युनिभर्स भनिएको छ ।

प्रकाशित मिति : १ असार २०७९, बुधबार  १ : ४१ बजे

मनोहरा खोलामा बाढीको बहाव बढ्दा किनारका बस्तीमा त्रास (तस्बिरसहित)

भक्तपुर – सोमबार परेको वर्षाका कारण भक्तपुरस्थित मनोहरा खोलामा बाढीको

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा प्रहरीको ‘टिमुरे टु त्रिवेणी’ अभियान

काठमाडौं – नेपाल प्रहरीले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका नागरिकको दैनिकी

ट्राफिक सचेतना कार्यक्रमले सवारी दुर्घटना घट्यो

काठमाडौं – काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सञ्चालन गर्दै आएको

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं – गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

तीजमा अप्रिय घटना रोक्न प्रहरी सक्रिय, ७७ जना नियन्त्रणमा

काठमाडौं – हरितालिका तीजका अवसरमा काठमाडौं प्रहरीले अवाञ्छित तथा आपराधिक