छिट्टै गीत ल्याउँदै अनिल  « Khabarhub

छिट्टै गीत ल्याउँदै अनिल 


१ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गीतसंगीतमा अनिल सिंहको आफ्नै छुट्टै पहिचान छ । विशेष गरि पप गायनमा उनको नाम अगाडि नै आउने गर्छ । झन्डै डेढ दशक अगाडि मात्र फर्किने हो भने उनले गाएका गीतसंगीतमा नझुम्ने कमै थिए, जसमा अहिले पनि कमी पाइएको छैन । उनले गीत गाउदै गर्दा आफूलाई स्थिर बनाउन सक्ने संगीत प्रेमी दर्शकनै छैनन् भन्दा पनि फरक पर्दैन। किनकी उनको गायन शैली र गीत नै त्यस्तै छ । 

आफै गाउने र कम्पोज गर्ने भएकाले पनि अनिलको छुटै फ्यान फ्लोअर्स छन् । यिनै अनिल केहि समयको तयारी पश्चात गीतसंगीतमा फर्किँदैछन् । केही समय संगीतबाट विश्राम झैँ लिएर कन्सर्टमा केन्द्रित भएका अनिलले छिटै सार्वजनिक गर्ने गरि गीतको काम गरिरहेका छन् । ‘रेलिमाई’ बोलको गीतमा अनिलको स्वर मात्र छैन, उनी फिचर्ड पनि छन् ।

आफ्नो गीतहरूमा प्राय आफैँ देखिने अनिलले गीत आउँदो सातासम्म सार्वजनिक हुने बताए । ‘गीतसंगीतसँगै अन्य कामहरू पनि छन् । सबै योजना अनुसार नै अगाडि आउने छन् । यसै नभए आउँदो साता रेलिमाई बोलको गीत सार्वजनिक हुनेछ’ अनिलले भने । उनले गीतसंगीतको बदलिदो ट्रेन्डलाई अध्ययन गर्न जरुरी रहेको समेत बताए ।

‘हामीले एउटा समयमा गरेको कामसँगै अहिले अपडेट भएर , ट्रेन्ड बुझेर आउनु पर्छु अनिलले भने । उनले आफू गीतसंगीतसँगै अन्य विविध कामहरूमा रहेको बताए । उनको आइ लभ यु, प्रेम पत्र, डुब्न देउ, इन्जिन गाडीमा, प्रेमिका, मैले जानी सके लगायतका दर्जन बढी गीत सुपरहिट छन् ।

प्रकाशित मिति : १ असार २०७९, बुधबार  २ : ५७ बजे

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज १८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल