आदर्श लघुवित्तको आइपिओ खुला « Khabarhub

आदर्श लघुवित्तको आइपिओ खुला


१ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले १ असारदेखि सर्वसाधारणका लागि आइपिओ बिक्री खुला गरेको छ । आवेदकहरूले आउँदो ६ असारसम्म आइपिओ भर्न सक्ने छन् । माग बमोजिमको आवेदन नपरे ढिलोमा १५ असारसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीले सर्वसाधारणको लागि प्रतिसेयर एक सय रुपैयाँमा ६७ हजार कित्ता सेयर निष्कासन गरेको छ । आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । जारी गरिएको कित्तामध्ये कम्पनीले ०.५ प्रतिशत अर्थात् एक हजार ३५ कित्ता सेयर कर्मचारीहरूको लागि र पाँच प्रतिशत अर्थात् तीन हजार तीन सय ५० कित्ता सेयर सामूहिक लगानी कोषको लागि छुटाएको छ ।

यी बाहेक बाँकी ६२ हजार ६ सय १५ सय कित्ता सेयर सर्वसाधारणको लागि जारी गरिएको हो । आइपिओ जारी भएसँगै कम्पनीको चुक्ता पुँजी दुई करोड सात लाख पुग्ने छ ।

कम्पनीको धितो पत्र निष्कासन तथा बिक्री प्रबन्धक बैंक अफ काठमाण्डु रहेको छ । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेड ‘घ’ वर्गको प्रदेश स्तरीय लघुवित्त संस्था हो । यसले बागमती प्रदेशको १३ जिल्लामा मात्रै सञ्चालन अनुमति पाएको छ । लघुवित्त २३ मे २०१८ मा समावेश गरिएको भएपनि सन् २०१९ को जनवरीबाट सञ्चालनमा आएको हो ।

प्रकाशित मिति : १ असार २०७९, बुधबार  ३ : २५ बजे

रियाद विमानस्थलमा हुथी विद्रोहीको आक्रमण, १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

काठमाडौँ– साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा इरान

किन गरिन्छ घटस्थापना ? जानौँ दसैँको पहिलो दिनको महत्त्व

नेपाली हिन्दू धर्मावलम्बीको जीवनमा सबैभन्दा महत्त्वपूर्ण चाड दसैँ हो। यो

बूढीगण्डकीको बाढीले चुमनुब्रीका ३५ घर बगायो

गोरखा– गोरखाको चुमनुब्री गाउँपालिका–६ भएर बग्ने उङ्गिलुङ खोलाबाट आएको बूढीगण्डकीको

गोरखाको बूढीगण्डकी नदीमा लेदोसहितको भीषण बाढी, तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

काठमाडौँ– गोरखाको बूढीगण्डकी नदीमा लेदो र गेग्रानसहितको भीषण बाढी आएको

देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल