सेयर बजारमा २९ अङ्कको गिरावट, दुई कम्पनीका लगानीकर्ता भने मालामाल « Khabarhub

सेयर बजारमा २९ अङ्कको गिरावट, दुई कम्पनीका लगानीकर्ता भने मालामाल


१ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बुधबार २९.८९ अङ्कको गिरावट भएको छ । कारोबार समय सुरु भए देखिनै घट्न थालेको नेप्से परिसूचक डेढ घण्टामै ५० अङ्कले ओरालो लागेको थियो । तर, पछि केही सुधारिँदै अन्तिम समयमा २९ अङ्क घटेर बन्द भएको हो ।

यससँगै नेप्से परिसूचक घटेर १९ सय ६६ अं कमा आइपुगेको छ । यसैगरी, आज एक अर्ब ४९ करोड १७ लाख रुपैयाँ बराबरको ४१ लाख ८२ हजार कित्ता सेयर किनबेच भएको छ । बजार घटेको दिन आज नेप्सेमा कारोबार भएका सबै समूह उच्च अङ्कले घटेका छन् ।

जीवन बीमा समूहमा सबैभन्दा धेरै १८९ अङ्कको गिरावट आउँदा एक सय ३४ अङ्कले खुम्चिएको छ । यसैगरी, उत्पादनमूलक समूहमा ७७ अङ्कको गिरावट आएको छ भने लघुवित्त समूहमा ६६ अङ्कको गिरावट आएको छ । विकास बैङ्क समूहमा पनि ५३ अङ्कले घटेको छ ।

नेप्से परिसूचक दोहोरो अङ्कले घटे पनि सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था र आँधी खोला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य नौ प्रतिशतले बढेको छ । यी दुई कम्पनीका सेयर लगानीकर्ताले बाहेक अन्य कम्पनीका लगानीकर्ताले खासै आम्दानी गर्न सकेनन् ।

यसैगरी, आज नेपाल टेलिकमको सेयर सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको १२ करोड ५७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

प्रकाशित मिति : १ असार २०७९, बुधबार  ४ : ११ बजे

बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर

आज २०८३ साल असार २५ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असार २५ गते बिहीबार सन् २०२६

औषधि आपूर्तिमा अनियमितता गरेको आरोपमा आठ कर्मचारीविरुद्ध मुद्दा

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजामती कर्मचारी अस्पतालको फार्मेसी

आज राति इरानमाथि ठूला आक्रमण गर्ने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध थप सैन्य कारबाहीको

सामाजिक सञ्जालमा गालीगलौज गरेको आरोपमा आरती रावल पक्राउ

काठमाडौं – निलम्बित न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावल पक्राउ