सेयर बजारमा २९ अङ्कको गिरावट, दुई कम्पनीका लगानीकर्ता भने मालामाल « Khabarhub

सेयर बजारमा २९ अङ्कको गिरावट, दुई कम्पनीका लगानीकर्ता भने मालामाल


१ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बुधबार २९.८९ अङ्कको गिरावट भएको छ । कारोबार समय सुरु भए देखिनै घट्न थालेको नेप्से परिसूचक डेढ घण्टामै ५० अङ्कले ओरालो लागेको थियो । तर, पछि केही सुधारिँदै अन्तिम समयमा २९ अङ्क घटेर बन्द भएको हो ।

यससँगै नेप्से परिसूचक घटेर १९ सय ६६ अं कमा आइपुगेको छ । यसैगरी, आज एक अर्ब ४९ करोड १७ लाख रुपैयाँ बराबरको ४१ लाख ८२ हजार कित्ता सेयर किनबेच भएको छ । बजार घटेको दिन आज नेप्सेमा कारोबार भएका सबै समूह उच्च अङ्कले घटेका छन् ।

जीवन बीमा समूहमा सबैभन्दा धेरै १८९ अङ्कको गिरावट आउँदा एक सय ३४ अङ्कले खुम्चिएको छ । यसैगरी, उत्पादनमूलक समूहमा ७७ अङ्कको गिरावट आएको छ भने लघुवित्त समूहमा ६६ अङ्कको गिरावट आएको छ । विकास बैङ्क समूहमा पनि ५३ अङ्कले घटेको छ ।

नेप्से परिसूचक दोहोरो अङ्कले घटे पनि सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था र आँधी खोला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य नौ प्रतिशतले बढेको छ । यी दुई कम्पनीका सेयर लगानीकर्ताले बाहेक अन्य कम्पनीका लगानीकर्ताले खासै आम्दानी गर्न सकेनन् ।

यसैगरी, आज नेपाल टेलिकमको सेयर सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको १२ करोड ५७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

प्रकाशित मिति : १ असार २०७९, बुधबार  ४ : ११ बजे

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ

पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती

पर्वत– पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको छ

७५ देशको आप्रवासी भिसामा अमेरिकाको रोक : यस्तो छ नेपालसहित देशको सूची

काठमाडौं – अमेरिकाले नेपालसहित ७५ देशका नागरिकलाई आप्रवासी भिसा बन्द

मकरस्नानमा आउने भक्तजनलाई कालीगण्डकीमा निःशुल्क डुङ्गा

नवलपरासी– पवित्र धार्मिक तीर्थस्थल देवघाटधाममा माघेसङ्क्रान्ति स्नान गर्न आउने तीर्थालुको

थाइल्यान्ड रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुग्यो

थाइल्यान्ड – थाइल्यान्डमा चीन समर्थित उच्च गतिको रेल परियोजनामा बुधबार