कुनै पनि बहानामा सैनिक गठबन्धनको पक्षमा एमाले छैन : शंकर पोखरेल « Khabarhub

कुनै पनि बहानामा सैनिक गठबन्धनको पक्षमा एमाले छैन : शंकर पोखरेल


१ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) नेपालको असंलग्न परराष्ट्र नीति विपरीत रहेको बताएका छन्।

बुधबार प्रेस चौतारी नेपाल रुपन्देहीले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा पोखरेलले नेपालको असंलग्न परराष्ट्र नीति विपरीत अमेरिकी सैन्य रणनीतिमा देशलाई लैजाने गलत काम हुन लागेको भन्दै कुनै पनि बहानामा सैनिक गठबन्धनको पक्षमा एमाले नरहेको बताएका हुन् ।

नेपाली सेनाको सहकार्यको बहाना बनाएर कुनै पनि देशको सैन्य हस्तक्षेप स्वीकार्य नहुने उनको भनाइ छ । त्यस्तै उनले नीतिगत अस्थिरता र वैदेशिक चलखेललाई आमन्त्रण गर्ने गठबन्धनको रणनीति भएको आरोप लगाए। गठबन्धन सत्ताको स्वार्थको विषय बन्न सक्ने तर देश विकासको विषय बन्न नसक्ने एमालेको मान्यता रहेको उनले बताए।

उनले एमालेको नेतृत्वमा नै मुलुकको विकास हुने भएकाले पार्टीलाई बलियो बनाउँदै अघि बढ्ने तर्क गरे।

प्रकाशित मिति : १ असार २०७९, बुधबार  ४ : ४७ बजे

एक सय ६२ किलो गाँजासहित मकवानपुरबाट दुईजना पक्राउ

हेटौँडा– मकवानपुरको मनहरी गाउँपालिका–९ खरङ्गामा राक्सिराङको भावर हुँदै आउँदै गरेको

सडक विस्तारसँगै सवारी चाप उच्च 

दमौली– पृथ्वीराजमार्गले देशका ठूला सहर जोड्ने भएकाले तनहुँ हुँदै दैनिक हजारौँ

राष्ट्रपतिबाट पशुपतिमा पुजा-आराधना (तस्बिरहरू) 

काठमाडौं– देश तथा जनताको हित र कल्याणको कामना गर्दै राष्ट्रपति

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

काठमाडौं– यही भदौ १० गते भोटेकोशी नदीमा गएको अकल्पनीय बाढीका कारण

जेनजी आन्दोलनको एक वर्ष : शङ्कर पोखरेल भन्छन्- ‘घुसपैठ गर्नेलाई कानुनी दायरामा ल्याउनुपर्छ’

काठमाडौँ – नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले गत वर्षको ‘जेनजी