राकेश हत्याको ३३ दिन : दोषी सार्वजनिक गर्न माग गर्दै सडक अवरुद्ध « Khabarhub

राकेश हत्याको ३३ दिन : दोषी सार्वजनिक गर्न माग गर्दै सडक अवरुद्ध


१ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

बारा– जीतपुरसिमरा उपमहानगरपालिका–६ निवासी राकेशभक्त पौडेलको हत्या भएको बुधबार ३३ दिन पूरा भएको छ । एक महिना पूरा भइसक्दा पनि प्रहरीले हत्यारा पक्राउ गर्न नसकेको भन्दै पीडित परिवारले दबाब दिने उद्देश्यले सडक अवरुद्ध गरेका छन् । हत्याको ३३ दिन बितिसक्दा पनि अपराधी खुलमखुला हिँडिरहेको भन्दै पीडित परिवारसहितका स्थानीयले वडा नम्बर ७ जीतपुरस्थित दुर्गा मन्दिर अगाडिको सडकमा चक्काजाम गरेका हुन् ।

घटनाको सत्यतथ्य बाहिर ल्याउन र दोषीलाई कानुनअनुसार सजायको माग गर्दै स्थानीयवासी स्वतस्फुर्त सडकमा उत्रिएको मृतक राकेशभक्त पौडेलका माइला दाइ राजेशभक्त पौडेलले बताए । जीतपुरसिमरा उपमहानगरपालिकाؘ–६ का मृतक राकेशभक्त पौडेलको साथमा रहेको पर्स घटनाको २२ दिनपछि  भेटिएको थियो । वडा नम्बर ६ र वडा नम्बर ३ को सीमानामा पर्ने शिव मन्दिर अगाडि सडक छेउमा मृतकको पर्स भेटिएको हो ।

२९ वैशाख मध्य राति स्थानीय चित्रबहादुर केसीको घरमा ३८ वर्षीय राकेशभक्त पौडेलको हत्या भएको थियो । पौडेलको टाउकोको पछाडिको भागमा धारिलो हतियारको प्रहारबाट गहिरो चोट लागेको थियो । हात र शरीरको अन्य भागमा पनि चोटपटक लागेको मृतकका जेठा दाइ केदारभक्त पौडेलले बताए । प्रहरीले घटनाको ९औं दिनमा सुरुमा एक किशोरीलाई पक्राउ गरेर अनुसन्धान थालेपछि तिनकै बयानको आधारमा थप पाँच जनालाई पक्राउ गरेको थियो । त्यसपछि अन्य सात जनालाई पक्राउ गरेको थियो । 

प्रहरीले जीतपुरसिमरा उपहमानगरपालिका–६ का चित्रबहादुर खत्री, १६ वर्षीया एक किशोरी, वडा नम्बर ३ का चित्रबहादुरका भतिज खगेन्द्र थापा, उनकै ज्वाई सन्तोष खत्री, उद्धव अधिकारी, वडा नम्बर २ का केबी भनिने खगेन्द्र रिजाल र पछि पक्राउ पर्ने अन्यमा वडा नम्बर ६ कै युवकहरू सन्दिप थापा, सुजन लामा, मसिने मगर, सन्त बछार, सुदीप घिमिरे, राजु अधिकारी र अर्जुन चिमोरिया छ । पक्राउ परेका १३ जनामाथि अनुसन्धान थालेको इलाका प्रहरी कार्यालय, सिमराले जनाएको छ । यसअघि मृतकका परिवारले हत्या सुनियोजित भएकाले निष्पक्ष अनुसन्धान गरी न्याय दिन माग गर्दै २० जेठमा चक्का जाम गरेका थिए । 

प्रकाशित मिति : १ असार २०७९, बुधबार  ४ : ५३ बजे

देउवाको ठाउँमा गगनको हस्ताक्षर कायम गर्न निर्वाचन आयोग जाने निर्णय

काठमाडौं- गगन थापाको नेतृत्वमा बिहीबार सर्वसम्मत चयन भएको नेपाली कांग्रेस

देउवा नेतृत्वको कांग्रेससंग सहकार्य गर्छौँ : महेश बस्नेत

काठमाडौं– नेकपा एमालेले यही माघ ४ गते काठमाडौंमा निर्वाचन केन्द्रित

शेरबहादुर देउवा अब हाम्रो संरक्षक भएर रहनुहुन्छ : पुष्पा भुसाल

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले बुधबार नयाँ नेतृत्व चयन

एकताको प्रयास असफल भयो, विभाजनको समीक्षा इतिहासले गर्नेछ : शेखर कोइराला

काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टीलाई

अब सेन्सरका नाममा फिल्ममा चल्ने छैन कैँची, बोर्डले ल्यायो वर्गीकरणको व्यवस्था

काठमाडौं – केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले चलचित्र सेन्सरका