राकेश हत्याको ३३ दिन : दोषी सार्वजनिक गर्न माग गर्दै सडक अवरुद्ध « Khabarhub

राकेश हत्याको ३३ दिन : दोषी सार्वजनिक गर्न माग गर्दै सडक अवरुद्ध


१ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

बारा– जीतपुरसिमरा उपमहानगरपालिका–६ निवासी राकेशभक्त पौडेलको हत्या भएको बुधबार ३३ दिन पूरा भएको छ । एक महिना पूरा भइसक्दा पनि प्रहरीले हत्यारा पक्राउ गर्न नसकेको भन्दै पीडित परिवारले दबाब दिने उद्देश्यले सडक अवरुद्ध गरेका छन् । हत्याको ३३ दिन बितिसक्दा पनि अपराधी खुलमखुला हिँडिरहेको भन्दै पीडित परिवारसहितका स्थानीयले वडा नम्बर ७ जीतपुरस्थित दुर्गा मन्दिर अगाडिको सडकमा चक्काजाम गरेका हुन् ।

घटनाको सत्यतथ्य बाहिर ल्याउन र दोषीलाई कानुनअनुसार सजायको माग गर्दै स्थानीयवासी स्वतस्फुर्त सडकमा उत्रिएको मृतक राकेशभक्त पौडेलका माइला दाइ राजेशभक्त पौडेलले बताए । जीतपुरसिमरा उपमहानगरपालिकाؘ–६ का मृतक राकेशभक्त पौडेलको साथमा रहेको पर्स घटनाको २२ दिनपछि  भेटिएको थियो । वडा नम्बर ६ र वडा नम्बर ३ को सीमानामा पर्ने शिव मन्दिर अगाडि सडक छेउमा मृतकको पर्स भेटिएको हो ।

२९ वैशाख मध्य राति स्थानीय चित्रबहादुर केसीको घरमा ३८ वर्षीय राकेशभक्त पौडेलको हत्या भएको थियो । पौडेलको टाउकोको पछाडिको भागमा धारिलो हतियारको प्रहारबाट गहिरो चोट लागेको थियो । हात र शरीरको अन्य भागमा पनि चोटपटक लागेको मृतकका जेठा दाइ केदारभक्त पौडेलले बताए । प्रहरीले घटनाको ९औं दिनमा सुरुमा एक किशोरीलाई पक्राउ गरेर अनुसन्धान थालेपछि तिनकै बयानको आधारमा थप पाँच जनालाई पक्राउ गरेको थियो । त्यसपछि अन्य सात जनालाई पक्राउ गरेको थियो । 

प्रहरीले जीतपुरसिमरा उपहमानगरपालिका–६ का चित्रबहादुर खत्री, १६ वर्षीया एक किशोरी, वडा नम्बर ३ का चित्रबहादुरका भतिज खगेन्द्र थापा, उनकै ज्वाई सन्तोष खत्री, उद्धव अधिकारी, वडा नम्बर २ का केबी भनिने खगेन्द्र रिजाल र पछि पक्राउ पर्ने अन्यमा वडा नम्बर ६ कै युवकहरू सन्दिप थापा, सुजन लामा, मसिने मगर, सन्त बछार, सुदीप घिमिरे, राजु अधिकारी र अर्जुन चिमोरिया छ । पक्राउ परेका १३ जनामाथि अनुसन्धान थालेको इलाका प्रहरी कार्यालय, सिमराले जनाएको छ । यसअघि मृतकका परिवारले हत्या सुनियोजित भएकाले निष्पक्ष अनुसन्धान गरी न्याय दिन माग गर्दै २० जेठमा चक्का जाम गरेका थिए । 

प्रकाशित मिति : १ असार २०७९, बुधबार  ४ : ५३ बजे

कांग्रेस महामन्त्रीमा पौडेल र पुन अगाडि, अरुको अवस्था के छ ?

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महामन्त्री (खुला २) पदका लागि

कांग्रेसको उपसभापतिमा भण्डारी (६७९) र आचार्य (३९३)लाई अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा उपसभापति (खुला २)

बूढीगण्डकीमा आएको बाढीले आरुघाटस्थित पक्की पुल र केरौँजा जाने झोलुंगे पुल बगायो

काठमाडौँ– गोरखाको बूढीगण्डकीमा आएको बाढीले आरुघाट गाउँपालिकास्थित सोती र मान्बु

रियाद विमानस्थलमा हुथी विद्रोहीको आक्रमण, १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

काठमाडौँ– साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा इरान

किन गरिन्छ घटस्थापना ? जानौँ दसैँको पहिलो दिनको महत्त्व

नेपाली हिन्दू धर्मावलम्बीको जीवनमा सबैभन्दा महत्त्वपूर्ण चाड दसैँ हो। यो