संसद्मा पर्यटन मन्त्री आलेको गुनासो- अर्थ मन्त्रीले साढे १० अर्ब बजेट काटिदिए « Khabarhub

संसद्मा पर्यटन मन्त्री आलेको गुनासो- अर्थ मन्त्रीले साढे १० अर्ब बजेट काटिदिए


१ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले आफ्नो मन्त्रालयको साढे १० अर्ब रुपैयाँ बजेट कटौती गरेको गुनासो गरेका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री आलेले पटक–पटक आग्रह गर्दा पनि अर्थमन्त्री जनार्दन शर्माले पर्यटन मन्त्रालयको साढे १० अर्ब बजेट काटिदिएको गुनासो गरेका हुन् ।

बजेट कटौती गरिदिँदा स्थानीय तहसँग गरिएको साझेदारी कार्यक्रम प्रभावित हुने अवस्था सृजना भएको भन्दै उनले  बजेटको आकार बढ्दा पर्यटन मन्त्रालयको भने कटौती गरिएको बताए ।

बजेटको आकार ९.८ प्रतिशत बढ्ने, तर आफ्नो मन्त्रालयको बजेट भने ठूलो मात्रामा कटौती भएकै कारण पर्यटक भित्र्याउने कतिपय कार्यक्रमहरूलाई निरन्तरता दिन नसकिने उनको भनाइ छ ।

मन्त्री आलेले ६ महिनाभित्र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सम्पन्न गरिसक्ने पनि बताएका छन् ।

प्रकाशित मिति : १ असार २०७९, बुधबार  ५ : २३ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको