१४ वर्षीया इसाई किशोरीको अपहरण भएको भन्दै पाकिस्तानमा प्रदर्शन | Khabarhub Khabarhub

१४ वर्षीया इसाई किशोरीको अपहरण भएको भन्दै पाकिस्तानमा प्रदर्शन


१ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- १४ वर्षीया इसाई किशोरीको अपहरण भएको भन्दै पाकिस्तानमा इसाई धर्मावलम्बीहरुले प्रदर्शन गरेका छन् ।

पाकिस्तानको पञ्जाब प्रान्तमा १४ वर्षीया किशोरीको अपहरण भएको भन्दै इसाई धर्मावलम्बीहरुले पञ्जाब प्रान्तको फैसलावाद जिल्लामा प्रदर्शन गरेका हुन् ।

भारतीय समाचार संस्था एएनआईका अनुसार ती किशोरीको अपहरणपछि बलात्कार भएको आरोप लगाउँदै परिवारजन एवम् आफन्तले दोषीलाई तत्काल कारवाही गर्न माग गरेका छन् ।

समाचारमा जनाइएअनुसार प्रहरीले घटनाबारे उजुरी दर्ता गराएको छ । यद्यपि प्रशासनबाट आवश्यक पहल नभएको भन्दै इसाई धर्मावलम्बीहरु आन्दोलित भएका हुन् ।

पाकिस्तानमा इसाई, हिन्दू एवम् अन्य गैरमुसलमानमाथि हुन हिंसा बढ्दै गएको एवम् यसलाई रोक्न सरकारले यसबारे यथेष्ट पहल नगरेको भन्दै मानवअधिकारवादी संस्थाहरुले आलोचना गर्दै आएका छन् ।

प्रकाशित मिति : १ असार २०७९, बुधबार  ६ : २३ बजे

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’