तालिबानद्वारा शिया नेताको कार्यालय बन्द « Khabarhub

तालिबानद्वारा शिया नेताको कार्यालय बन्द


१ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अफगानिस्तानमा शासन चलाइरहेको तालिबानले मुलुकको गजनी प्रान्तमा दुई जना शिया मुसलमान नेताको कार्यालय बन्द गरिदिएको छ ।

गजनी प्रान्तका दुई प्रभावशाली शिया नेताहरु आयातोल्लाह मोहम्मद इशाक फैयाज र आयातोल्लाह मोहकेक काबुलीको कार्यालय बन्द गरिदिएको हो ।

तालिबानका कार्यकताहरुले पछिल्ला केही दिनयता ती शिया नेताहरुको कार्यालयमा बेलाबेला निरीक्षण गर्दै आएको स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

अफगानिस्तानमा दशकौँदेखि शिया अल्पसङ्ख्यकहरु तालिबान, अल कायदा, इस्लामिक स्टेटजस्ता उग्रवादी सुन्नी लडाकु समूहको निशानामा पर्दै आएका छन् ।

यसअघि गत ईदमा तालिबानले दर्जनौँ शिया मस्जिद बन्द गराएको थियो । गत अगस्ट महिनामा तालिबानले अफगानिस्तानको सत्ता कब्जा गरेयता त्यहाँ धार्मिक एवम् साम्प्रदायिक अल्पसङ्ख्यकमाथि हिंसात्मक आक्रमण बढ्दै गएको जनाइएको छ ।

प्रकाशित मिति : १ असार २०७९, बुधबार  ४ : २५ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस