काठमाडौँ- केही वर्षअघिको बलात्कार घटनाका आरोपमा पक्राउ परेका मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक मनोप पाण्डेविरुद्ध मुद्दा दायर भएको छ । उनीविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको हो । बुधबार सरकारी वकिल कार्यालय काठमाडौँले पाण्डेविरुद्ध अदालतमा मुद्दा दायर गरेको हो ।
सरकारी वकिल कार्यालय प्रमुख गंगाप्रसाद पौडेलका अनुसार उनीविरूद्ध मानव बेचबिखन तथा ओसारपसार र बाल यौन दुर्व्यवहारको मुद्दा दर्ता भएको छ ।
मुद्दामा मानव बेचबिखन तथा ओसारपसार कसुरमा १० देखि १५ वर्ष र बाल यौन दुर्व्यवहारमा तीन वर्षसम्मको सजाय माग दाबी गरिएको उनले बताए । ।
आठ वर्षअघि एक सुन्दरी प्रतियोगितामा भाग लिएकी १६ वर्षे किशोरीलाई बलात्कार गरेको घटना सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेकी थिइन् । त्यसपछि उनलाई प्रहरीले उनलाई पक्राउ गरेको थियो ।