दुबई पठाइदिन्छु भनी रकम ठगी गर्ने एक जना पक्राउ | Khabarhub Khabarhub

दुबई पठाइदिन्छु भनी रकम ठगी गर्ने एक जना पक्राउ


१ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दुबई पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा  मुगु खत्याड गाउँपालिका वडा न. ११ घर भई  हाल काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका बस्दै आएका ३१ वर्षीय निराजन कार्की रहेका छन् । कार्की भिजन मल्टिपर्पोज प्रा.लि का सञ्चालक समेत हुन् ।

कार्कीले दार्चुलाको लेकम गाउपालिका वडा न ६ घर भई हाल काठमाडौँ महानगरपालिका विशालनगर बस्ने ४१ वर्षीय तारा गिरीलाई वैदेशिक रोजगारको लागि दुबई पठाइदिन्छु भनी सात लाख रुपैयाँ लिई सम्पर्क विहीन भई ठगी गरेको भन्ने उजुरी प्राप्त भएपछि जेठ ३१ गते प्रहरीले काठमाडौँ महानगरपालिका वडा न. ३१ नयाँबानेश्वरबाट उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका कार्कीलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १ असार २०७९, बुधबार  ७ : १९ बजे

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

वीरगञ्ज – सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट परिचालन

सङ्गठित अपराधमा संलग्न भएको आरोपमा चर्चित मुक्केबाजको गिरफ्तारी

वाशिङ्टन – अमेरिकी आप्रवासी एजेन्टले मेक्सिकोका चर्चित मुक्केबाज ३९ वर्षीय

वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक

चितवन– पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आएका

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको