दुबई पठाइदिन्छु भनी रकम ठगी गर्ने एक जना पक्राउ « Khabarhub

दुबई पठाइदिन्छु भनी रकम ठगी गर्ने एक जना पक्राउ


१ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दुबई पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा  मुगु खत्याड गाउँपालिका वडा न. ११ घर भई  हाल काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका बस्दै आएका ३१ वर्षीय निराजन कार्की रहेका छन् । कार्की भिजन मल्टिपर्पोज प्रा.लि का सञ्चालक समेत हुन् ।

कार्कीले दार्चुलाको लेकम गाउपालिका वडा न ६ घर भई हाल काठमाडौँ महानगरपालिका विशालनगर बस्ने ४१ वर्षीय तारा गिरीलाई वैदेशिक रोजगारको लागि दुबई पठाइदिन्छु भनी सात लाख रुपैयाँ लिई सम्पर्क विहीन भई ठगी गरेको भन्ने उजुरी प्राप्त भएपछि जेठ ३१ गते प्रहरीले काठमाडौँ महानगरपालिका वडा न. ३१ नयाँबानेश्वरबाट उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका कार्कीलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १ असार २०७९, बुधबार  ७ : १९ बजे

क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै ५८ लाख ठगी, दुई जना पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीका लागि क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै

रेनशको शतकमा अस्ट्रेलिया बलियो अवस्थामा

काठमाडौं – म्याट रेनशको उत्कृष्ट शतकको मद्दतमा अस्ट्रेलियाले दक्षिण अफ्रिकाविरुद्धको

दसैँ बिदामा अस्थायी इजलासबाट सेवा प्रवाह हुने

पर्सा – नेपालीको महान पर्व वडा दसैँको सार्वजनिक बिदामा उच्च

कांग्रेस महाधिवेशन : उपसभापति र महामन्त्री पदको मतगणना सुरु

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा भएको मतदान अन्तर्गत उपसभापति र