११ महिनामा ३५ अर्ब रुपैयाँको वैदेशिक लगानी प्रतिबद्धता आएको परराष्ट्रमन्त्री खड्काको भनाइ « Khabarhub

११ महिनामा ३५ अर्ब रुपैयाँको वैदेशिक लगानी प्रतिबद्धता आएको परराष्ट्रमन्त्री खड्काको भनाइ


१ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चालु आर्थिक वर्षको जेठ मसान्तसम्म ३५ अर्ब रुपैयाँ बराबरको विदेशी लगानी प्रतिबद्धता आएको छ । परराष्ट्रमन्त्री डा. नारायण खड्काले बुधबार प्रतिनिधिसभामा जारी विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै ३५ अर्ब रुपैयाँ बराबरको विदेशी लगानी प्रतिबद्धता आएको बताएका हुन् ।

उनले वैदेशिक लगानी तथा नियमावली नीति तथा संरचनामा सुधारको कारण वैदेशिक लगानी प्रतिबद्धता आएको बताए ।

सरकारले प्रविधि हस्तान्तरणलाई टेवा पु¥याउनका लागि नयाँ विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन तथा नियामावली कार्यान्वयन, लगानी प्रशासनलाई सहज बनाउन उद्योग विभागमा एकल बिन्दु सेवा केन्द्र स्थापना जस्ता कारणले वैदेशिक लगानी प्रतिबद्धतामा आकर्षण बढ्दै गएको बताए ।

उनले नेपालका ९२ ठाउँमा रहेका खानी सञ्चालन गरी ढुङ्गा, गिट्टी, वालुवालगायतका निर्माण सामाग्री ढुवानी गर्ने प्रक्रियालाई अघि बढाइएको समेत जानकारी दिए ।

 

प्रकाशित मिति : १ असार २०७९, बुधबार  ८ : २८ बजे

कांग्रेस उपसभापतिमा चन्द्रकान्त भण्डारी (६४३) र मधु आचार्य (३६२) अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधवेशन अन्तर्गत पदाधिकारीलगायत केन्द्रीय सदस्यका लागि

झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ

काठमाडौँ– दसैँ, तिहारलगायतका चाडपर्वको रौनक बढेसँगै काठमाडौँ उपत्यकाका विभिन्न मठमन्दिर

बडादसैँ आजदेखि सुरु, घटस्थापना गरी जमरा राखिँदै

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २५ गते आइतबार सन् २०२६