सप्तरीका मिटरब्याज पीडितलाई प्रमाणसहित सम्पर्कमा आउन प्रहरीको सूचना « Khabarhub

सप्तरीका मिटरब्याज पीडितलाई प्रमाणसहित सम्पर्कमा आउन प्रहरीको सूचना


१ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सप्तरीको कुख्यात मिटरब्याजी रामदेव साह तेली परिवारबाट ठगिएका पीडितहरुलाई प्रमाणसहित सम्पर्कमा आउन प्रहरीले आह्वान गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीदले बुधबार एक सूचना जारी गर्दै प्रमाणसहित इलाका प्रहरी कार्यालय कल्याणपुरमा सम्पर्क गर्न आह्वान गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रहरी निरीक्षक भानु खड्काद्वारा जारी सूचनामा तेली परिवारबाट ठगी भएको भए आबश्यक प्रमाण लिई सम्पर्कमा आउन अनुरोध गरेको हो ।

प्रहरीले खडक नगरपालिका वडा नम्बर ७ कल्याणपुर स्थायी वतन भएका रामदेव साह,उनका श्रीमति शिव कुमारी देवी साह, छोरा नन्दकिशोर साह, छोरीहरु रेणु कुमारी साह, अनुराधा कुमारी साहसमेतले विभिन्न मानिसलाई धितो स्वरुप घरजग्गा तथा अन्य जायजेथा रजिष्ट्रेशन गराई चर्को ब्यजमा ऋण लगानी गर्ने गरेको र लिएको ऋण रकमको साँवा ब्याज समेत चुक्ता गर्दा समेत घरजग्गासहित फिर्ता नगरी ठगी गर्दै आएको भनि यस कार्यालय मातहत ईलाका प्रहरी कार्यालय कल्याणपुर सप्तरीमा पीडितहरुको जाहेरी दर्खास्त परी अनुसन्धान भईरहेको सूचनामा जनाएको छ।

साहसहित परिवारले ठगी गरेको भए पीडितहरू आबश्यक प्रमाणसहित आउन प्रहरीले सुचनामार्फत पीडितहरुलाई आग्रह समेत गरेको छ । सर्वसाधारण मानिसको घरजग्गा समेतको जायजेथा धितो राखी चर्को व्याजमा ऋण लिई रकम चुक्ता गर्दा समेत घरजग्गा समेतको जायजेथा नपाई वा अन्य कुनै किसिमले ठगी गरेको भए प्रमाणसहित लिई यस कार्यालय मातहत ईलाका प्रहरी कार्यालय कल्याणपुरमा सम्पर्क राख्न सर्वसाधारण सबैमा जानकारीको साथ निनम्र अनुरोध छ, भनी जिल्ला प्रहरी कार्यालयले जारी गरिएको सूचनामा उल्लेख गरिएको छ ।

मिटर ब्याजी रामदेव साह तेलीका छोरा नन्दकिशोर साह, छोरी अनुराधा कुमारी साहलाई पक्राउ गरी अनुसन्धान शुरु गरिएको छ। मुख्य अभियुक्त रामदेवलाई प्रहरीले अझै पक्राउ गर्न सकेको छैन ।

प्रकाशित मिति : १ असार २०७९, बुधबार  ९ : ०१ बजे

दैनिक एक हजार ५०० ई-राहदानी छपाइ, तीन महिनाभित्र प्रणाली स्थिर हुने

काठमाडौं– राहदानी विभागले विद्युतीय राहदानी (ई-पासपोर्ट) को बढ्दो मागलाई सम्बोधन

वालेन्द्रको ‘लाज ढाक्न’ रविलाई भ्याइ-नभ्याइ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रधानमन्त्री बनेका वालेन्द्र शाह देशमा गम्भीर

सुनसरी घटना : छानबिन समितिमा दुई सदस्य थप

काठमाडौं– सरकारले सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा

‘कार्गो क्षेत्रलाई व्यवस्थित बनाउन संघ–प्रदेश सहकार्य आवश्यक’

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बाँनियाले कार्गो तथा फ्रेट फरवार्डिङ