मधेस प्रदेशसभाको बैठक अर्काे सूचना नहुञ्जेलसम्मको लागि स्थगित « Khabarhub

मधेस प्रदेशसभाको बैठक अर्काे सूचना नहुञ्जेलसम्मको लागि स्थगित


१ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर– मधेस प्रदेशसभाको बैठक अर्काे सूचना नहुञ्जेलसम्मको लागि स्थगित भएको छ ।

प्रदेशसभा सचिवालयले आज साँझ सूचना जारी गरी मधेस प्रदेशसभाको बैठक अर्काे सूचना नहुञ्जेलसम्मको लागि स्थगित भएको जानकारी दिएको छ ।

प्रदेशसभाको आजको बैठकमा मधेस प्रदेशका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले आगामी आर्थिक वर्ष ०७९/०८० को लागि बजेट प्रस्तुत गरेका थिए ।

प्रदेशसभामा बजेट प्रस्तुत भएसँगै सभामुख सरोजकुमार यादवले प्रदेशसभाको बैठक अर्काे सूचना नहुञ्जेलसम्मको लागि स्थगित भएको घोषणा गरे ।

प्रदेशसभाको आजको बैठकमा अर्थमन्त्री साहले रु ४६ अर्ब ८८ करोड नौ लाख ९५ हजारको बजेट सार्वजनिक गरे ।

प्रस्तुत बजेटमा चालुतर्फ रु २१ अर्ब ७६ करोड ६७ लाख (४६.४४ प्रतिशत) र पूँजीगततर्फ रु २५ अर्ब ८२ करोड २० लाख ८० हजार (५३.२१ प्रतिशत) र वित्तीय व्यवस्थापनतर्फ रु १६ करोड २४ लाख ५६ हजार (०.३५ प्रतिशत) बजेट विनियोजन गरेको उल्लेख छ ।

प्रकाशित मिति : १ असार २०७९, बुधबार  ९ : १७ बजे

सप्तरीका गाउँ छिरेर मतदातासँग अन्तरक्रिया गर्दै उपेन्द्र यादव

राजविराज– जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो चुनावी

एकै दलबाट दुई उम्मेदवार भएपछि कांग्रेस नेता कँडेलको मनोनयन रद्द

बुटवल- लुम्बिनी प्रदेशको नवलपरासी (सुस्ता पश्चिम) निर्वाचन क्षेत्र नम्बर १

एन्फा राष्ट्रिय लिग फुटबल : एपीएफ विजयी

काठमाडौं– एन्फा राष्ट्रिय लिग फुटबल प्रतियोगितामा विभागीय टोली नेपाल एपीएफ

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्ने

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि शुक्रबार बस्ने भएको