दिनभर आज: एसपीपीबारे चौतर्फी बहस, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा डमी विमान दुर्घटना गराइयो | Khabarhub Khabarhub

दिनभर आज: एसपीपीबारे चौतर्फी बहस, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा डमी विमान दुर्घटना गराइयो


१ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आज नेपालमा एसपीपी सम्झौता‌, लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीको घटनाबारे छानबिन समिति गठन, प्रदेश सरकारको बजेट विनियोजन लगायतका विषय चर्चामा रहे । यी हुन् आजका प्रमुख समाचारहरू:

 

नेपालको परराष्ट्र नीति र बाह्य सम्बन्धलाई प्रतिकूल असर पार्ने कार्य नगर्न एमालेको ध्यानाकर्षण

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले नेपालको परराष्ट्र नीति र बाह्य सम्बन्धलाई प्रतिकूल असर पार्ने कुनै पनि कार्य नगर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रतिनिधिसभाको आजको बैठकको शुरुमै एमालेका सांसद प्रदीप ज्ञवालीले एसपीपी सम्झौताले मुलुकलाई भूराजनीतिक द्वन्द्वमा धकेल्ने भन्दै परराष्ट्र नीति र बाह्य सम्बन्धलाई प्रतिकूल असर पार्ने कार्य नगर्न सरकारको ध्यानाकर्षण गराए ।

ज्ञवालीले नेपालको स्वतन्त्र र सन्तुलित परराष्ट्र नीतिमा खलल पुग्ने गरी कुनै पनि गतिविधि गर्न नहुने भन्दै यसबारेमा सरकारले सदनलाई स्पष्ट पार्न माग गरे ।

त्यस्तै कांग्रेसका सांसद गगन कुमार थापाले एसपीपीमा यति धेरै चर्चा भए पनि प्रधानमन्त्रीले सदनमा यसको स्पष्ट जवाफ दिनुपर्ने बताए ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले एमसीसी पारित भएपछि अमेरिकाको हस्तक्षेप बढ्न थालेको तर्क गरे ।

एसपीपी नेपालको असंलग्न परराष्ट्र नीति विपरीत रहेको सांसदहरुको तर्क

नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्टेट पार्टनरसीप प्रोगाम (एसपीपी) नेपालको असंलग्न परराष्ट्र नीति विपरीत रहेको बताएका छन् ।

प्रेस चौतारी नेपाल रुपन्देहीले बुटवलमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा पोखरेलले नेपालको असंलग्न परराष्ट्र नीति विपरीत अमेरिकी सैन्य रणनीतिमा देशलाई लैजाने गलत काम हुन लागेको भन्दै कुनै पनि बहानामा सैनिक गठबन्धनको पक्षमा एमाले नरहेको बताए ।

नेपाली सेनाको सहकार्यको बहाना बनाएर कुनै पनि देशको सैन्य हस्तक्षेप स्वीकार्य नहुने उनको भनाइ छ ।

त्यस्तै उनले नीतिगत अस्थिरता र वैदेशिक चलखेललाई आमन्त्रण गर्ने गठबन्धनको रणनीति भएको आरोप लगाए ।

एसपीपी सम्झौताका लागि कुनै पक्षले आग्रह नगरेको कानूनमन्त्री शर्माको स्पष्टोक्त्ति

कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले एसपीपी सम्झौतामा हस्ताक्षर गर्ने सरकारको कुनै तयारी नभएको स्पष्ट पारेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफल दिँदै मन्त्री कोइरालाले सो सम्झौताका लागि कुनै पक्ष वा सरकारले आग्रह नगरेको भन्दै भ्रममा नरहन पनि आग्रह गरे ।

अमेरिका सेना नेपालको इजाजतविना जबर्जस्ती आउन नसक्ने उनले बताए । उनले सरकारलाई बदनाम गर्नका लागि एसपीपी सम्झौताको हल्ला फैलाइएको तर्क गरे ।

नेपालको पर्यटन क्षेत्र पनि आशालाग्दो देखिएको पर्यटनमन्त्री आलेको भनाइ

संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेमबहादुर आलेले नेपालको पर्यटन क्षेत्र पनि आशालाग्दो देखिएको बताएका छन् ।

प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलका क्रममा आएका प्रश्नको जवाफ दिँदै मन्त्री आलेले कोरोना भाइरसको सङ्क्रमणमा कमी आएसँगै नेपालको पर्यटन क्षेत्रमा केही सकारात्मक संकेत देखा परेको बताए ।

उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको अवधि बढाएसँगै पर्यटकको आवतजावतमा थप सहज भएको दाबी गरे ।

मुलुकको हित विपरीत सम्झौतामा हस्ताक्षर नहुने प्रधानमन्त्रीले स्पष्ट पारेका छन्ः नेता नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले मुलुकको हित विपरित कुनै पनि सम्झौतामा हस्ताक्षर नहुने प्रधानमन्त्रीले स्पष्ट पारेका बताएका छन् ।

पार्टी कार्यालय तीनकुनेमा आज बसेको स्थायी कमिटी बैठकमा बोल्दै अध्यक्ष नेपालले आज बिहान माओवादी अध्यक्ष प्रचण्ड, जसपाका अध्यक्ष उपेन्द्र यादव र आफूबीच भएको छलफलमा प्रधानमन्त्री शेर बहादुर देउवाले मुलुकको हित विपरीत कुनै पनि सम्झौता नगर्ने बताएको जानकारी दिए ।

नेपालको हितमा आघात पुग्ने वा कुनै रणनीतिक महत्त्वको कुनै पनि कुरामा हस्ताक्षर गर्ने काम आफूबाट नहुने र अरु देशले चासो राखेर कसैले भने पनि आफूले नमान्ने प्रधानमन्त्रीको स्पष्ट धारणा रहेको अध्यक्ष नेपालले बताए ।

राप्रपाले प्रधानमन्त्री देउवालाई बुझायो ज्ञापनपत्र

मुलुकको शासकीय प्रणाली परिवर्तन र प्रदेश खारेजी लगाएतका माग राख्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रधानमन्त्री शेर बहादुर देउवालाई ज्ञापन पत्र बुझाएको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको टोलीले आज बालुवाटारमा विभिन्न २२ बुँदे माग राख्दै प्रधानमन्त्री देउवालाई ज्ञापन पत्र बुझाएको हो ।

राप्रपा अध्यक्ष लिङ्देनले आफूहरुको अल्पकालीन दीर्घकालिन माग समेटिएको पत्र प्रधानमन्त्रीलाई बुझाइएको बताए । उनले राजसंस्था, हिन्दुराष्ट्र, शासकिय प्रणाली परिवर्तन, तीन तहको सरकार मध्ये प्रदेश खारेज गरेर दुई तहको सरकार मात्र राख्नुपर्ने लगाएतका माग पेश गरिएको जानकारी दिए ।

किसानलाई तत्काल मल, बीउ उपलब्ध गराउन, महंगी तथा कालोबजारी नियन्त्रण गर्न, सम्पत्ति छानबिन गर्न पनि माग गरेको उनले बताए ।

नयाँ चुनौतीलाई सामना गर्न सक्ने गरी सुधार गर्दै अघि बढ्न लोक सेवा आयोगलाई राष्ट्रपतिको सुझाव

राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ चुनौतीलाई सामना गर्न सक्ने गरी सुधार एवम् विकास गर्दै अघि बढ्न लोक सेवा आयोगलाई सुझाव दिएकी छिन् ।

आयोगको ७२ औँ वार्षिकोत्सवका अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा उनले लोक सेवा आयोगलाई नयाँ युगका नयाँ चुनौतीलाई सामना गर्न सक्ने गरी सुधार एवम् विकास गर्दै अगाडि बढाउन सुझाव दिएकी हुन् ।

उनले आयोगको सेवालाई अनलाइनमार्फत उपलब्ध गराउने प्राविधिक संरचनाको स्तरोन्नति गर्दै अनलाइन सेवालाई नागरिक एपसँग जोड्ने कार्यको प्रशंसा गरिन् ।

राष्ट्रपति भण्डारीले चुस्त व्यवस्थापकीय क्षमतायुक्त, इमान्दार, कर्तव्यनिष्ठ र विषयगत दक्षतासहितका जनशक्ति विकासका लागि आवश्यक तालिम तथा अभिमुखीकरण र उम्मेदवारको छनोट प्रणालीमा समयसापेक्ष सुधार गर्नेतर्फ आयोगको थप ध्यान जाने अपेक्षा लिएको बताइन् ।

बागमती प्रदेश सरकारले ल्यायो आवका लागि ७० अर्ब ९३ करोड ९३ लाख रुपैयाँको बजेट

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ७० अर्ब ९३ करोड ९३ लाख रुपैयाँको बजेट ल्याएको छ । आगामी वर्ष २०७९/८० को बजेट घोषणा गर्दै आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमरकट्टेलले सो बजेट विनियोजन गरेको घोषणा गरेका हुन् ।

कूल विनियोजित बजेटमध्ये चालू खर्चतर्फ १९ अर्ब २ करोड ४१ लाख बजेट छुट्याइएको छ ।

यस्तै प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि ३९ अर्ब ७३ करोड ८३ लाख रूपैयाँ बजेट प्रस्तुत गरेको छ ।

आर्थिक वर्ष २०७९/८० का लागि ३९ अर्ब ७३ करोड ८३ लाख बजेट विनियोजन गरेको हो ।

त्यस्तै गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट ल्याएको छ ।

राज्यमन्त्री वलीमाथि छनबिन गर्न लुम्बिनी प्रदेश सरकारद्धारा कार्यदल गठन

लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वली मुछिएको घटनाबारे छानबिन गर्न लुम्बिनी प्रदेश सरकारले कार्यदल गठन गरेको छ ।

लुम्बिनी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो ।

समितिको सदस्यमा महिला, बालबालिका तथा कानूनमन्त्री रमा घर्तीमगर, मुख्य न्यायाधिवक्ता श्रीकृष्ण सुवेदी रहेका छन् ।

वलीले मंगलवार बिहान दाङको तुल्सीपुर उपमहानगरपालिका –५ का वाइसीएल कार्यकर्ता एकराज बस्नेतको घरमा गई बस्नेतकी श्रीमती मीना र नाबालक छोरीमाथि हातपात र दुर्व्यवहार गरेको आरोप लागेको थियो ।

बलात्कार आरोपमा पक्राउ परेका पाण्डेविरूद्ध अदालतमा मुद्दा दायर

काठमाडौं जिल्ला अदालतमा बलात्कार आरोपमा पक्राउ परेका मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक मनोज पाण्डेविरूद्ध मुद्दा दायर भएको छ ।

सरकारी वकिल कार्यालय काठमाडौंले पाण्डेविरूद्ध आज अदातलमा दायर गरेको हो ।

उनीविरूद्ध मानव बेचबिखन तथा ओसारपसार र बाल यौन दुर्व्यवहारको मुद्दा दार्ता भएको सरकारी वकिल कार्यालय प्रमुख गंगाप्रसाद पौडेलले जानकारी दिए ।

बेचबिखन तथा ओसारपसार मुद्दामा १० देखि १५ वर्ष र बाल यौन दुर्व्यवहारमा तीन वर्षसम्मको सजाय माग दाबी गरिएको पौडेलले बताए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान दुर्घटना उद्धारको पूर्वअभ्यास गरियो

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान दुर्घटना उद्धारको पूर्व अभ्यास गरिएको छ । सो क्रममा विमानस्थल कार्यालयले डमी विमानमा आगो लगाएर त्यहाँ रहेका यात्रुलाई सकुशल उद्धार गर्ने प्रयास गरेको थियो ।

आपतकालीन अवस्थामा आउने सबै कामका लागि आफ्नो संयन्त्र तयारी अवस्थामा रहेको सन्देश दिन उक्त अभ्यास गरिएको विमानस्थलले जनाएको छ ।

पूर्वअभ्यासका क्रमका काल्पनिक रुपमा विमान दुर्घटना र उद्धार लगायतको डेमो गरिएको थियो । सो क्रममा तत्कालै दमकल, एम्बुलेन्स र सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेर घाइतेहरुको उद्धार समेत गरिएको थियो ।

नेपालमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार ८ सय ५६ पीसीआर परीक्षणका क्रममा १९ जना र १ हजार ४९ एन्टीजेन परिक्षणका क्रममा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै थप १५ जना संक्रमित निको भएका छन् । हाल नेपालमा ९७ सक्रिय संक्रमित आइसोलेशनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अडियोमा सुन्नुहोस्:

प्रकाशित मिति : १ असार २०७९, बुधबार  ९ : ३१ बजे

करेन्ट लगाएर मारिएको अवस्थामा हात्ती फेला

बारा – बारामा करेन्ट लगाएर मारिएको अवस्थामा हात्ती फेला परेको

कार्यकर्तालाई रविको आग्रह : सरकारले जे पनि गर्न सक्छ, अलर्ट रहनुहोला

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानले सरकारले

क्यानडाविरुद्ध नेपालको खराब ब्याटिङ

काठमाडौं – आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा क्यानडाविरुद्ध पहिले ब्याटिङ

श्रीलंकाको राष्ट्रपतिमा वामपन्थी नेता दिसानायके विजयी

काठमाडौं । श्रीलंकाको राष्ट्रपतिमा वामपन्थी नेता अनुरा कुमारा दिसानायके विजयी

चीन गएका रास्वपाका नेताहरू आकस्मिक रूपमा नेपाल फर्किँदै

काठमाडौं । चीन भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का