संस्कृत वाङ्मयको संरक्षणका लागि काम गर्ने प्रमुख दलका नेताहरुको प्रतिबद्धता « Khabarhub

संस्कृत वाङ्मयको संरक्षणका लागि काम गर्ने प्रमुख दलका नेताहरुको प्रतिबद्धता


१ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जयतु संस्कृतम् दिवसका अवसरमा विभिन्न राजनीतिक दलका नेताहरूले संस्कृत वाङ्मयको संरक्षणका लागि काम गर्ने प्रतिबद्धता जनाएका छन् । दिवसका अवसरमा जयतु संस्कृतम् संस्थाले आज जुम प्रविधिबाट आयोजना गरेको कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले तीव्र सहरीकरण र निजी शिक्षाको प्रक्रिया बढेसँगै संस्कृत कर्मकाण्डको भाषामात्र हो कि भन्ने परेकामा यसलाई चिर्नुपर्ने बताए ।

संस्कृत वाङ्मयमा रहेको ज्ञान आम मानिसमा लैजान पनि संस्कृत पठनपाठन प्रक्रियालाई आधुनिक रुपमा प्रयोग गरिनुपर्नेमा उनले जोड दिए । संस्कृत सभ्यता र मानव अस्तित्वसँग जोडिएको नेता थापाले बताएयो । संस्कृत भाषामात्र नभई दर्शन, परिचय र जीवनशैलीसँगै जोडिएको विषय भएकाले यसको विकास गर्नुपर्ने उनको भनाइ थियो ।

पूर्वमन्त्री एवम् नेकपा (एमाले) का नेता प्रदीप ज्ञवालीले जयतु संस्कृतम् आन्दोलनको ऐतिहासिक महत्व रहेको बताए । जयतु संस्कृतम् २००७ सालको प्रजातन्त्र स्थापनाको पृष्ठभूमिका रुपमा रहेको उनले बताए । राणाशासनका विरुद्ध शिक्षित व्यक्तिको असन्तुष्टि प्रष्ट देखाएको बताउँदै उनले विद्यार्थीले सत्ताको विरोध गर्दै आधुनिक विषय पढ्न पाउनुपर्ने माग गरेको बताए ।

पूर्वमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का नेता गिरिराजमणि पोखरेलले संस्कृत अध्यापन विधिलाई सुधार गर्न ७६ वर्षअघि जयतु संस्कृतम् अभियान सुरु भएको बताए । जयतु संस्कृतम्ले संस्कृतलाई जनतामाझ लैजाने काम गरेको उनको भनाइ थियो । संविधान निर्माणपछि पनि जयतु संस्कृतम् अभियानको आवश्यकता बढेको नेता पोखरेलको टिप्पणी छ ।

संस्कृत बिना आयुर्वेद र योगको अध्ययन पूरा नहुने भएकाले संस्कृतको अध्ययन अध्यापन अनिवार्य पनि बनेको उनले बताए । पद्मरत्न तुलाधरको अन्त्येष्टि संस्कृत भाषामै गरिएको उनले बताए । हाल युरोप र अमेरिकामा संस्कृत भाषाको अध्ययन अध्यापन गर्नेको सङ्ख्या बढेको र अमेरिकी वैज्ञानिक संस्था नासाले सन् २०३२ देखि कम्प्युटरको भाषा संस्कृत बनाउन लागेको संस्थाका अध्यक्ष डा बद्री पोखरेलले जानकारी दिए ।

कम्प्युटरको भाषामा पनि संस्कृत प्रयोग हुने खबरले चीनका राष्ट्रपति पनि संस्कृत पढ्न थालेको जयतु संस्कृतम्ले जनाएको छ । कोरोनामा अमेरिकाका राष्ट्रपतिले वेद मन्त्रोच्चारण गराएको समाचार विश्वव्यापीरुपमा फैलिएको थियो । दिवसका अवसरमा आज बिहान दरबारमार्गस्थित जयतु संस्कृतम् स्तम्भमा माल्यार्पण गरिएको थियो । माल्यार्पणपछि प्रभातफेरिसहित रानीपोखरीको दरबार हाईस्कुलमा पुगेर सभामा परिणत भएको थियो ।

विसं २००४ मा तीनधारा पाठशालाबाट ३८ जना विद्यार्थी निष्कासन गरिएको थियो । ती विद्यार्थीले देशका विभिन्न भागमा राणाले देश निकाला गरे भन्दै जागरण फैल्याउँदै भारत लागेका थिए । यसले राणाशासन अन्त्यका लागि समेत काम गरेको थियो । जयतु संस्कृतम् नेपालको पहिलो विद्यार्थी आन्दोलन हो ।

प्रकाशित मिति : १ असार २०७९, बुधबार  ११ : ५७ बजे

फिल्म ‘लालिमा’को पहिलो गीत ‘तिमीलाई माया गर्छु’ सार्वजनिक

काठमाडौं – फागुन २९ गतेलाई प्रदर्शन मिति तोकिएको फिल्म ‘लालिमा’

सब इन्जिनियर हत्या घटना : सर्लाही जिल्ला अदालतको सेवा अवरुद्ध

मलङ्गवा– सदरमुकाम मलङ्गवामा आइतबार राति अज्ञात व्यक्तिको गोली प्रहारबाट सब

२.५ करोड रुपैयाँ बुझाएपछि जेलबाट बाहिरिए अभिनेता राजपाल यादव

काठमाडौं– बलिउडका हास्य कलाकार  राजपाल यादवलाई ठूलो कानुनी राहत मिलेको

इरान-अमेरिका सम्बन्धमा नयाँ पहल, दोस्रो चरणको वार्ता सुरु

जेनेभा– इरानका परराष्ट्रमन्त्री अब्बास अराघची अमेरिकासँग हुने दोस्रो चरणको अप्रत्यक्ष

ओलीको क्षेत्रबाट फर्किएपछि रामकुमारी, ‘मतदाता चलायमान नभएको भए गुण्डुमै सुतेर जित्नुहुन्थ्यो’

काठमाडौं- नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई विभिन्न उपाय अपनाएर