सुडानको डार्फरमा भएको हिंसामा परी १ सय ४५ जनाको मृत्यु « Khabarhub

सुडानको डार्फरमा भएको हिंसामा परी १ सय ४५ जनाको मृत्यु


१ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- वर्षौँको युद्धले क्षतविक्षत पूर्वी अफ्रिकी राष्ट्र सुडानमा पछिल्लो समयमा भएका आदिवासी हिंसामा एक सय ४५ जनाको ज्यान गएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

मानवीय मामिला समन्वयसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय कार्यालय (ओसीएचए) ले यो महिना भएका झडपमा कम्तिमा एक सय ४५ जनाको मृत्यु भएको र एकसय ८० जना घाइते भएका जनाएको हो । हालैका वर्षमा सबैभन्दा घातक हिंसा पश्चिमी डार्फर र दक्षिण कोर्दोफान प्रान्तमा बढिरहेका छन् ।

सुडानमा निरङ्कुश शासक ओमार अल–बसिरलाई सन् २०१९ मा सेनाले पदच्युत गरेपछि देशमा लोकतान्त्रिक शासनको बहाली हुने अपेक्षा गरिएको थियो । अझै त्यसो हुन नसकेको विपक्षीहरुले आलोचना गर्दै आएका छन् । गत साता पश्चिम डार्फरको कुलबस शहरमा अरब र अफ्रिकी जनजातिबीच जग्गा विवादलाई लिएर हिंसात्मक मुठभेड भएका थिए ।

स्थानीय अरब लडाकुहरुले धेरै गाउँमा घातक आक्रमण गरेको जनाइएको छ । साताभर भएका दोहोरो झडपमा गिमिर जनजातिका १०१ र अरब रिजेगट जनजातिका २५ जनासहित कुल १२६ जना मारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । त्यस क्रममा एकसय ३० जनाभन्दा बढी गैर–अरब जनजाति घाइते भएका थिए ।

ओसीएचएले सो क्षेत्रमा भएको हिंसामा परी कम्तिमा ५०,००० सर्वसाधारणले आफ्नो घर छोडेर भाग्न बाध्य भएका बताएको छ । यो महिनाको शुरुमा दक्षिण कोर्दाेफानमा छुट्टाछुट्टै भएका जनजाति झडपमा कम्तिमा १९ जनाको मृत्यु भएको र अन्य ५४ जना घाइते भएका थिए ।

अबु जुबाह शहरमा तीन दिनसम्म चलेको हिंसामा तीनपाङ्ग्रे सवारी साधनको लुटपाट बढेको र आगजनीपछि १५ हजारभन्दा बढी विस्थापित भएका जनाउँदै ओसीएचएले उक्त क्षेत्रमा सेना तैनाथ गर्नुपरेको बताएको छ । सैनिक परिचालन र निषेधाज्ञा जारी हुँदासमेत स्थिति तनावपूर्ण रहेको जनाइएको छ ।

गत हप्ताको युद्ध दुई दशकको द्वन्द्वले ध्वस्त पारेको पश्चिमी सुडानको विशाल क्षेत्र डार्फरमा आदिवासी हिंसाको पछिल्लो मुठभेड हो । पछिल्लो हिंसाले यस क्षेत्रमा संयुक्त राष्ट्रसङ्घ र अफ्रिकी सङ्घको संयुक्त शान्ति सेना परिचालन नगर्ने निर्णयमाथि प्रश्न उठाएको छ ।

जातीय अफ्रिकीहरूमाथि सरकारले भेदभाव गरेको आरोप लगाउँदै राजधानी खार्तुमबाट सन् २००३ मा सुरु भएको डार्फर द्वन्द्वले उग्ररूप लिएपछि सैन्य विद्रोहबाट अल बसिरलाई सन् २०१९ मा सत्ताच्युत गरियो । खार्तुमको जेलमा रहेका उनलाई एक दशकअघि अन्तर्राष्ट्रिय फौजदारी अदालतले डार्फरमा भएको नरसंहार र मानवताविरुद्धको अपराधको अभियोग लगाएको थियो ।

प्रकाशित मिति : १ असार २०७९, बुधबार  १० : १८ बजे

रास्वपा नेता-कार्यकर्ता अनुशासनमा बाँधिनुपर्छ : महामन्त्री बुर्लाकोटी

कास्की । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री कविन्द्र बुर्लाकोटीले पार्टीका

७ वर्षअघि गाउँपालिका कार्यालयमा बम राखेको आरोपमा विप्लव कार्यकर्ता पक्राउ

काठमाडौं । जाजरकोटको बारेकोट गाउँपालिका कार्यालयमा बम राख्ने नेपाली कम्यनिस्ट

कांग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो हुन्छ : शेखर कोइराला

विराटनगर : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेस

रावल आयोगकाे प्रतिवेदन कार्यान्वयन गर्न भूमि मन्त्रालयले बनायो ८ सदस्यीय समिति

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन

सिंहदरबारकै क्यान्टिनमा घुन लागेको दाल र सडेका अन्डा, २ लाख बढी जरिबाना

काठमाडौं – देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र सञ्चालित क्यान्टिनमै गुणस्तरहीन