प्रधानमन्त्री र अर्थमन्त्रीले बिहीबार जवाफ दिने « Khabarhub

प्रधानमन्त्री र अर्थमन्त्रीले बिहीबार जवाफ दिने


१ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभामा रक्षा मन्त्रालय, अर्थ मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालयसँग सम्बन्धित विषयमा प्रधानमन्त्री र सम्बन्धित मन्त्रीले जवाफ दिन यही असार २ गतेका लागि समय निर्धारण गरिएको छ ।

आजको बैठकमा ती मन्त्रालय र निकायकासमेत जवाफ दिइसकिने समय तोकिएकामा आज राति ९ः३० बजेसम्म चलेको बैठकपछि सभामुख अग्निप्रसाद सापकोटाले उक्त जानकारी गराएका हुन् ।

शोक प्रस्ताव पारित

आजको बैठकले पूर्वमन्त्री मिथिला चौधरीको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । सभामुख सापकोटाले प्रस्तुत गर्नुभएको उक्त शोक प्रस्तावलाई बैठकको सर्वसम्मतिले पारित गरेको हो ।

बैठकमा दिवङ्गत चौधरीको निधनप्रति शोक प्रकट गर्दै एक मिनेट मौन धारणसमेत गरिएको थियो । नेपाल कम्युनिष्ट पार्टी(संयुक्त)बाट विसं २०७० को संविधानसभा सदस्य निर्वाचनमा समानुपातिक सदस्यमा निर्वाचित, पूर्वजनसङ्ख्या तथा वातावरणमन्त्री, हाल नेकपा(माओवादी केन्द्र)सँग आबद्ध रहेकी दिवङ्गत चौधरीको ५७ वर्षको उमेरमा गत जेठ २७ गते उपचारका क्रममा भारतको नयाँ दिल्लीमा असामयिक निधन भएको थियो ।

प्रतिनिधिसभाको अर्काे बैठक २०७९ असार २ गते बिहीबार दिउँसो १ बजेका लागि तोकिएको छ ।

प्रकाशित मिति : १ असार २०७९, बुधबार  १० : ३१ बजे

प्रदीपले पनि महामन्त्रीमै गराए उम्मेदवारी दर्ता

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित महामन्त्री प्रदीप पौडेलले पनि महामन्त्रीमै

महिला महामन्त्रीमा डिना उपाध्याय र डिला संग्रौलाको उम्मेदवारी

 काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महिला महामन्त्री पदका लागि दुई नेतृको

ट्रकलाई ओभरटेक गर्दा मोटरसाइकल चालकको मृत्यु

चितवन– रत्ननगर नगरपालिका –०३ बेल्सीपुलस्थित पूर्व–पश्चिम राजमार्गमा ट्रकलाई ओभरटेक गर्ने

महिला उपसभापतिमा पुष्पा भुसालको उम्मेदवारी दर्ता

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महिला उपसभापति पदका लागि पुष्पा भुसालले

दसैँका लागि असोज २३ देखि टिकट बुकिङ खुला

काठमाडौँ- यस वर्षको दसैँमा घर जाने यात्रुका लागि आगामी असोज २३