नेपाल र रुसका खेलकुद मन्त्रीबीच भेटवार्ता « Khabarhub

नेपाल र रुसका खेलकुद मन्त्रीबीच भेटवार्ता


१ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले ‘रसिया–नेपाल खेलकुद सहयोग कार्ययोजना’मा हस्ताक्षर गरेका छन् ।

रुस सरकारको औपचारिक निमन्त्रणामा त्यहाँको भ्रमणका क्रममा रहेका मन्त्री गहतराज र रुसका खेलकुदमन्त्री आलेग भासिलिभिचले दुईपक्षीय कार्ययोजनामा संयुक्त हस्ताक्षर गरेका हुन् ।

भ्रमणको दोस्रो दिन मन्त्री गहतराजको प्रतिनिधि मण्डल र रुसका खेलकुद मन्त्री आलेग भासिलिभिचसँग शिष्टाचार भेटवार्तासमेत भएको थियो ।

सो भेटवार्ताका क्रममा दुवै देशको हितका विषयमा छलफल भएको बताइएको छ ।

नेपालको उच्च पहाडी क्षेत्रमा खेल पूर्वाधार निर्माण, खेलाडी तथा प्रशिक्षकको क्षमता अभिवृद्धि, दुवै राष्ट्रबीच मैत्रीपूर्ण तथा प्रतिष्पर्धात्मक खेलहरुको आदान–प्रदान तथा नेपाली खेलाडी र विद्यार्थीलाई खेल विज्ञान पढ्नका लागि छात्रवृत्ति सहयोग लगायत विषय समेटिएको “रसिया–नेपाल खेलकुद सहयोग कार्ययोजना” मा दुवै देशका खेलकुद मन्त्रीले हस्ताक्षर गरेका हुन् ।

सो अवसरमा बोल्दै रसियाका खेलकुद मन्त्री आलेग भासिलिभिचले नेपाली खेलाडी तथा विद्यार्थीहरुलाई खेल विज्ञान पढ्न छात्रवृत्ति दिने, खेलाडी र प्रशिक्षकहरुलाई तालिम दिने तथा दुवै देशबीच मैत्रीपूर्ण खेल आयोजना गर्ने विषयमा रुस उत्साहित भएको बताए ।

मन्त्री गहतराजले नेपाल र रुसबीचको ६६ वर्ष लामो कुटनीतिक सम्वन्धमा यस भ्रमणले खेलकुद डिप्लोमेसीमार्फत थप सुदृढ र सुमधुर सम्बन्ध स्थापित हुने विश्वास व्यक्त गरे ।

उनले खेललाई कुटनीतिको प्रमुख अंग बनाउँदै आर्थिक, पर्यटन तथा अन्य विधासँग सामानजस्यता बढाउन आवश्यक रहेको उल्लेख गर्दै खेल पूर्वाधार र खेलका समग्र क्षेत्रमा रुसले कायम गरेको आफ्नै विशिष्ट क्षमताको समेत प्रशंसा गरेका थिए

मन्त्री गहतराजले रसियाका खेलकुद मन्त्रीलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रणा समेत दिएका छन् । मन्त्रालयका सचिव रेग्मीसहित रुसको भ्रमणमा रहेका गहतराज असार ३ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : १ असार २०७९, बुधबार  ११ : ४४ बजे

बञ्चरेडाँडा फोहर व्यवस्थापनसम्बन्धी समस्या समाधान गर्न छलफल

काठमाडौं– नुवाकोट क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित डा.

राष्ट्र बैंकका गभर्नर र सञ्चालक समितिका सदस्यको कार्यकाल तीन वर्ष कायम गरिने

काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर र सञ्चालक समितिका सदस्यको कार्यकाल

परराष्ट्रमन्त्री खनालसँग साउदी राजदूत मोनैखिरको भेट

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि साउदी अरबका राजदूत फहद मोहम्मद

पर्वतारोहण सङ्घलाई ‘राजदूत सम्मान’ प्रदान

काठमाडौं– नेपाल पर्वतारोहण सङ्घलाई ‘राजदूत सम्मान’ प्रदान गरिएको छ ।

विकल्पविहीन भएपछि सरकारले उठिबास लगाएका सुकुम्वासी रोज्दैछन् मृत्यु

काठमाडौं- सुकुम्वासीसँग प्रधानमन्त्री वालेन्द्र शाहको इगो नयाँ होइन । उनी