नेपाल र रुसका खेलकुद मन्त्रीबीच भेटवार्ता « Khabarhub

नेपाल र रुसका खेलकुद मन्त्रीबीच भेटवार्ता


१ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले ‘रसिया–नेपाल खेलकुद सहयोग कार्ययोजना’मा हस्ताक्षर गरेका छन् ।

रुस सरकारको औपचारिक निमन्त्रणामा त्यहाँको भ्रमणका क्रममा रहेका मन्त्री गहतराज र रुसका खेलकुदमन्त्री आलेग भासिलिभिचले दुईपक्षीय कार्ययोजनामा संयुक्त हस्ताक्षर गरेका हुन् ।

भ्रमणको दोस्रो दिन मन्त्री गहतराजको प्रतिनिधि मण्डल र रुसका खेलकुद मन्त्री आलेग भासिलिभिचसँग शिष्टाचार भेटवार्तासमेत भएको थियो ।

सो भेटवार्ताका क्रममा दुवै देशको हितका विषयमा छलफल भएको बताइएको छ ।

नेपालको उच्च पहाडी क्षेत्रमा खेल पूर्वाधार निर्माण, खेलाडी तथा प्रशिक्षकको क्षमता अभिवृद्धि, दुवै राष्ट्रबीच मैत्रीपूर्ण तथा प्रतिष्पर्धात्मक खेलहरुको आदान–प्रदान तथा नेपाली खेलाडी र विद्यार्थीलाई खेल विज्ञान पढ्नका लागि छात्रवृत्ति सहयोग लगायत विषय समेटिएको “रसिया–नेपाल खेलकुद सहयोग कार्ययोजना” मा दुवै देशका खेलकुद मन्त्रीले हस्ताक्षर गरेका हुन् ।

सो अवसरमा बोल्दै रसियाका खेलकुद मन्त्री आलेग भासिलिभिचले नेपाली खेलाडी तथा विद्यार्थीहरुलाई खेल विज्ञान पढ्न छात्रवृत्ति दिने, खेलाडी र प्रशिक्षकहरुलाई तालिम दिने तथा दुवै देशबीच मैत्रीपूर्ण खेल आयोजना गर्ने विषयमा रुस उत्साहित भएको बताए ।

मन्त्री गहतराजले नेपाल र रुसबीचको ६६ वर्ष लामो कुटनीतिक सम्वन्धमा यस भ्रमणले खेलकुद डिप्लोमेसीमार्फत थप सुदृढ र सुमधुर सम्बन्ध स्थापित हुने विश्वास व्यक्त गरे ।

उनले खेललाई कुटनीतिको प्रमुख अंग बनाउँदै आर्थिक, पर्यटन तथा अन्य विधासँग सामानजस्यता बढाउन आवश्यक रहेको उल्लेख गर्दै खेल पूर्वाधार र खेलका समग्र क्षेत्रमा रुसले कायम गरेको आफ्नै विशिष्ट क्षमताको समेत प्रशंसा गरेका थिए

मन्त्री गहतराजले रसियाका खेलकुद मन्त्रीलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रणा समेत दिएका छन् । मन्त्रालयका सचिव रेग्मीसहित रुसको भ्रमणमा रहेका गहतराज असार ३ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : १ असार २०७९, बुधबार  ११ : ४४ बजे

शेख हसिनाको सुपुर्दगीका लागि ढाकाले गर्‍यो दिल्लीसँग पुनः औपचारिक आग्रह

ढाका– अपदस्थ प्रधानमन्त्री शेख हसिनालाई बङ्गलादेश अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणबाट मृत्युदण्डको

घुम्नैपर्ने ठाउँ तनहुँको बर्येडाँडा

तनहुँ–  कुनै समयमा मानिसहरू एक्लै हिँड्न डराउँथे । घना वनजङ्गलका

जनकपुरविरुद्ध पहिला ब्याटिङ गर्दै विराटनगर 

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)मा सोमबारको पहिलो खेलमा विराटनगरले

ओलाङचुङगोला जाने सडक मर्मत

ताप्लेजुङ– अवरुद्ध रहेको ताप्लेजुङको ओलाङचुङगोला जाने सडक मर्मतपछि पुनः सवारीसाधन

विदेशमा रहेका नेपालीलाई मताधिकार दिलाउन सरकार गम्भीर छ : ऊर्जामन्त्री घिसिङ

काठमाडौं– अन्तरिम सरकारका ऊर्जा, जलश्रोत, भौतिक योजना, यातायात तथा सहरी