स्थानीय निर्वाचन शान्तिपूर्ण भएको पर्यवेक्षण समितिको निष्कर्ष « Khabarhub

स्थानीय निर्वाचन शान्तिपूर्ण भएको पर्यवेक्षण समितिको निष्कर्ष


१ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्थानीय तह सदस्य निर्वाचन २०७९ शान्तिपूर्ण रूपमा सम्पन्न भएको निष्कर्ष निकालिएको छ । निर्वाचन पर्यवेक्षण समिति नेपाल (इओसी) ले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा केही मात्रामा आचारसंहिता विपरीतका गतिविधि भए पनि समग्रमा समावेशी सहभागितासँगै शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएको जानकारी गराएको हो ।

त्यसैगरी मतदाता नामावलीमा नाम भएको व्यक्तिलाई परिचयपत्र नभए पनि नागरिकता प्रमाणपत्रको आधारमा मतदान गर्ने व्यवस्था गरिनु, आचारसंहिताको उल्लङ्घनकर्ताविरुद्ध कानूनी कारबाहीस्वरूप स्पष्टीकरणसहित सजग गराउनु, निर्वाचनसम्बन्धी विवादको निरुपण गर्न सर्वपक्षीय तथा सर्वदलीय सहमति खोज्नु सकारात्मक पक्ष रहेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

पर्यवेक्षण प्रतिवेदनअनुसार निर्वाचनको समयमा आचारसंहिताले गर्न नहुने भनी गरेको निर्देशनात्मक व्यवस्थाविपरीत पञ्चेबाजासहितको झाँकी, मोटरसाइकल ¥याली, बालबालिकाको प्रयोग, उम्मेदवारका लागि तोकिएको सङ्ख्याभन्दा बढी सवारी साधनको प्रयोग गरिएको छ ।

दलित तथा पिछडिएका समुदायलाई आर्थिक प्रलोभनमा पारी मतदान आफ्नो पक्षमा पार्ने प्रयास, निर्वाचन आयोगले निर्धारण गरेको खर्चको सीमालाई अधिकांश राजनीतिक दलहरुले पालना नगरेको इओसीका अध्यक्ष प्रदीप पोखरेलले पत्रकार सम्मेलनमा जानकारी दिए ।

आगामी दिनमा निर्वाचन आयोगले महिला प्रतिनिधित्वका लागि बाधक कानूनी छिद्राहरुको निरुपण गर्नुपर्ने, मतदान केन्द्रमा हेल्थ डेस्कको व्यवस्था गरिनुपर्ने, मतदान र नागरिक शिक्षालाई निर्वाचनको अभिन्न अङ्ग बनाउनुपर्ने, म्यादी प्रहरीको स्थानमा निर्वाचन अवधिका लागि सुरक्षा स्वयंसेवकको व्यवस्था गर्नुपर्ने सुझाव दिइएको छ ।

गत वैशाख ३० गते एकै चरणमा सम्पन्न भएको स्थानीय तह सदस्य निर्वाचनका लागि इओसीले ४०३ जना राष्ट्रिय पर्यवेक्षक परिचालन गरेको थियो ।

प्रकाशित मिति : १ असार २०७९, बुधबार  १० : ५७ बजे

परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्रीबीच टेलिफोन वार्ता

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राज्य अमेरिकाकी राजनीतिक मामिला

स्वास्थ्य मन्त्रालयमा थपियो ९७७ दरबन्दी

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको संगठन तथा व्यवस्थापनको

रोड टु यूएफसी : सेमिफाइनलमा रविन्द्र न्यूजिल्याण्डका कासिबसँग भिड्ने

काठमाडौं – नेपालका युवा एमएमए स्टार रविन्द्र ढाँट अब ‘रोड

वैद्यज अर्गनाइजेसनले पायो अल्ट्राभोइलेटको आधिकारिक बिक्रेता

काठमाडौँ । नेपालको अग्रणी अटोमोबाइल घराना वैद्यज अर्गनाइजेसन नेपालका लागि

आर्थिक गणना : दश लाख बढी व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन

काठमाडौं – राष्ट्रिय तथ्याङ्क कार्यालयले दोस्रो चरणको आर्थिक गणनाअन्तर्गत करिब