भारतीय सांस्कृतिक सम्बन्ध परिषद्का अध्यक्ष र उच्च अधिकारीबीच भेटवार्ता « Khabarhub

भारतीय सांस्कृतिक सम्बन्ध परिषद्का अध्यक्ष र उच्च अधिकारीबीच भेटवार्ता


१ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतीय सांस्कृतिक सम्बन्ध परिषद्का अध्यक्ष डा. विनय सहस्रबुद्धेले नेपालका उच्च अधिकारीलाई भेटेका छन् ।

उनले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलसँग भेटेर नेपाल-भारतबीच सांस्कृतिक सम्बन्ध प्रवर्धन एवम् शैक्षिक आदानप्रदान सुदृढ गर्ने विषयमा छलफल गरेका हुन् ।

तीन दिने नेपाल भ्रमणमा आएका सहस्रबुद्धे मंगलवार काठमाडौँ आएका हुन् ।

सहस्रबुद्धे पशुपतिनाथ मन्दिर परिसरमा आज आयोजित अन्तर्राष्ट्रिय योग दिवस २०२२ को सुरुवाती कार्यक्रममा समेत सहभागी भए । स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रले उक्त कार्यक्रमको आयोजना गरेको हो ।

पशुपति क्षेत्र विकास कोष र पतञ्जलि योगपीठसँगको सहकार्यमा गरिएको सो कार्यक्रममा पतञ्जलि योगपीठका झण्डै १५० जना सहभागी थिए।

डा. सहस्रबुद्धेले ‘सम्पर्क भारत–नेपाल भूतपूर्व विद्यार्थी सञ्जाल’ का २०० भन्दा बढी सदस्यसँग कुराकानी समेत गरेका थिए । कुराकानीका क्रममा उनले नेपाल–भारत सम्बन्धलाई मजबुत बनाउन नेपाली विद्यार्थीले निर्वाह गरेको महत्त्वपूर्ण भूमिकाबारे चर्चा गरेका थिए ।

प्रकाशित मिति : १ असार २०७९, बुधबार  ११ : ०५ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह