भारतीय सांस्कृतिक सम्बन्ध परिषद्का अध्यक्ष र उच्च अधिकारीबीच भेटवार्ता « Khabarhub

भारतीय सांस्कृतिक सम्बन्ध परिषद्का अध्यक्ष र उच्च अधिकारीबीच भेटवार्ता


१ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतीय सांस्कृतिक सम्बन्ध परिषद्का अध्यक्ष डा. विनय सहस्रबुद्धेले नेपालका उच्च अधिकारीलाई भेटेका छन् ।

उनले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलसँग भेटेर नेपाल-भारतबीच सांस्कृतिक सम्बन्ध प्रवर्धन एवम् शैक्षिक आदानप्रदान सुदृढ गर्ने विषयमा छलफल गरेका हुन् ।

तीन दिने नेपाल भ्रमणमा आएका सहस्रबुद्धे मंगलवार काठमाडौँ आएका हुन् ।

सहस्रबुद्धे पशुपतिनाथ मन्दिर परिसरमा आज आयोजित अन्तर्राष्ट्रिय योग दिवस २०२२ को सुरुवाती कार्यक्रममा समेत सहभागी भए । स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रले उक्त कार्यक्रमको आयोजना गरेको हो ।

पशुपति क्षेत्र विकास कोष र पतञ्जलि योगपीठसँगको सहकार्यमा गरिएको सो कार्यक्रममा पतञ्जलि योगपीठका झण्डै १५० जना सहभागी थिए।

डा. सहस्रबुद्धेले ‘सम्पर्क भारत–नेपाल भूतपूर्व विद्यार्थी सञ्जाल’ का २०० भन्दा बढी सदस्यसँग कुराकानी समेत गरेका थिए । कुराकानीका क्रममा उनले नेपाल–भारत सम्बन्धलाई मजबुत बनाउन नेपाली विद्यार्थीले निर्वाह गरेको महत्त्वपूर्ण भूमिकाबारे चर्चा गरेका थिए ।

प्रकाशित मिति : १ असार २०७९, बुधबार  ११ : ०५ बजे

सन् २०२५ मा तीन लाख विदेशी पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण

गण्डकी – सन् २०२५ मा अन्नपूर्ण क्षेत्रमा झण्डै तीन लाख

मौलिकताका लागि चेतना जगाउँदै मनाइयो राष्ट्रिय पोसाक तथा टोपी दिवस

काठमाडौं – प्रत्येक वर्ष जनवरी १ तारिखका दिन मनाइने राष्ट्रिय

हामीले आफ्नो संस्कृति भुल्नुहुँदैन : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो संस्कृति नभुल्न र भावी सन्ततिलाई

नेपालको राष्ट्रिय पहिचानको संरक्षणमा सबै जुट्नुपर्छ : सञ्चारमन्त्री खरेल

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपालको राष्ट्रिय पहिचानको