बर्दिया निकुञ्जमा बाघ हेर्ने पर्यटकको घुइँचो « Khabarhub

बर्दिया निकुञ्जमा बाघ हेर्ने पर्यटकको घुइँचो


३१ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बर्दिया – अहिले बाघ देखिने याम भएकाले बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ । यो याममा निकुञ्ज सफारी गर्दा बाघ देखिने सम्भावना बढी हुन्छ । बाघ हेर्ने उद्देश्यले नै पर्यटकले जङ्गल सफारी गर्छन् ।

मङ्गलबार बर्दिया राष्ट्रिय निकुञ्ज सफारी गरेर फर्केका जर्मनी र इजरायलबाट आएका पर्यटक निकुञ्जको द्वारमा निकै खुसी देखिन्थे । पाहुनाले निकुञ्ज सफारीका क्रममा बाघ देखेर फर्केका कारण बढी खुसी देखिएको नेचर गाइड अनुराम चौधरीले बताए। ‘यो याममा पर्यटकको इच्छा पूरा हुन्छ’, उनले भने, ‘पर्यटकले सफारी गर्दा मुख्य उद्देश्य बाघ हेर्ने हुन्छ, जुन इच्छा अधिकांश पर्यटकको पूरा हुन्छ ।’

बाघकै कारण पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा बर्दिया राष्ट्रिय निकुञ्ज परेको छ । निकुञ्जको ‘कोर एरिया’मा सफारी तथा ‘जङ्गल वाक’ गर्ने पर्यटकको सङ्ख्यामा वृद्धि भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताए । ‘चालु आर्थिक वर्षको हालसम्म १० हजार बढी पर्यटकले निकुञ्ज घुमिसकेका छन्’, उनले भने ।

आन्तरिक पर्यटकको सङ्ख्या पनि बढ्दै गएको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्म मात्र १० हजारभन्दा बढी पर्यटक निकुञ्ज घुमेका छन् । ‘यो सङ्ख्या हाम्रा लागि सुखद् रहेको छ’ प्रमुख संरक्षण अधिकृत श्रेष्ठले भने, ‘अहिले बाघ देखिने याम भएकाले पर्यटकको सङ्ख्या बढ्ने विश्वास छ ।’ निकुञ्ज घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकले बाघलाई बढी प्राथमिकता दिएर निकुञ्ज घुम्न आएको प्रमुख संरक्षण अधिकृत श्रेष्ठको भनाइ छ ।

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार  १० : २० बजे

रवि लामछिानेको रिट ‘हेर्दाहर्दै’ मा, मंगलबार सुनुवाइ हुने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराध

गतलाङका महिलाको सङ्घर्ष झल्काउने तस्बिर प्रदर्शनी सुरु

काठमाडौं– रसुवा जिल्लाको आमाछोदिङ्मो गाउँपालिका–३ स्थित गतलाङ गाउँका महिलाको जीवनसंघर्षलाई

ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

चितवन–  यहाँको रत्ननगर नगरपालिका–९ निपनीमा आज ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा

गण्डकी प्रदेशसभा : सडक ऐन संशोधन विधेयकमाथि सैद्धान्तिक छलफल

एजेन्सी– गण्डकी प्रदेशसभाको आजको बैठकमा गण्डकी प्रदेश सडक ऐन २०८१