भारतद्वारा नेपाल सरकारलाई राहत सामग्री हस्तान्तरण | Khabarhub Khabarhub

भारतद्वारा नेपाल सरकारलाई राहत सामग्री हस्तान्तरण


३१ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतले नेपालको बाढी तथा प्राकृतिक प्रकोप प्रभावितका लागि राहत सामग्री सहयोग गरेको छ । भारतले तीन हजार टेन्ट र १० रबरबोट सहयोग गरेको आज सिंहदरबारमा आयोजित एक समारोहमा जानकारी गराइयो ।

भारतीय जनता र भारत सरकारबाट बाढी तथा प्राकृतिक प्रकोप प्रभावित परिवारका लागि राहत सामग्री हस्तान्तरण समारोहमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले गृहमन्त्री बालकृष्ण खाणलाई उक्त राहत सामग्री हस्तान्तरण गराएका हुन् । हस्तान्तरण समारोहमा गृहमन्त्री खाणले राहत सामग्री सहयोगका लागि भारतीय जनता र भारत सरकारप्रति आभार व्यक्त गरे । नेपाल र भारतबीच सरकार–सरकारमात्रै नभएर जनता–जनताबीच सम्बन्ध रहेको उल्लेख गर्दै गृहमन्त्री खाणले उक्त सम्बन्धलाई अझै प्रगाढ बनाउन नेपाल सदैव तयार रहेको बताए ।

गृहमन्त्री खाणले नेपाल धेरै प्रकारका विपद्को उच्च जोखिममा रहेको स्मरण गराउँदै विपद्को घडीमा भारत सरकारले सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग प्राप्त भइरहने विश्वास व्यक्त गरे । समारोहमा राजदूत श्रीवास्तवले भारत र नेपाल सुख, दुःखको साथी रहेको तथा आफ्नो कार्यकालमा नेपाल–भारत सम्बन्ध अझै प्रगाढ बनाउने कोसिस रहने प्रतिबद्धता जनाए ।

मनसुनको सुरुआतमा राहत सामग्री सहयोग गर्न पाएकामा खुसी व्यक्त गर्दै राजदूत श्रीवास्तवले प्रकोप प्रभावितका लागि सहयोग जारी रहने विश्वास दिलाए। उनले भूकम्पका समयमा पनि भारतले सहयोग गरेको स्मरण गरेका थिए ।

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार  १० : २७ बजे

मिथेन ग्यास र धौवादी फलामको उत्खननबारे ब्रिफिङः छिटो उत्पादनमा लाग्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखको ग्यास उत्खनन र

‘दुश्मन हेरेको हेर्‍यै’ १० करोडले हेरेपछि ओलीले दुर्गशलाई दिए बधाई

काठमाडौं – गायक दुर्गेश थापाको लोकप्रिय गीत ‘दुश्मन हेरेको हेर्‍यै’

चिया निर्यात ४० प्रतिशतले बढ्यो

झापा – मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८१/८२ को

अमेरिकी आक्रमणबाट इरानमा कति भयो क्षति ?

दुबई – संयुक्त राज्य अमेरिकाले आइतबार इरानका प्रमुख आणविक स्थापनाहरूमा

खेलाडी उत्पादन गर्दै रामपुर नगरपालिका

पाल्पा – खेलक्षेत्रको विकास गर्न रामपुर नगरपालिकाले खेलाडी उत्पादनमा जोड