विस्थापितको स्थायी आवास पुनःनिर्माण सुरु « Khabarhub

विस्थापितको स्थायी आवास पुनःनिर्माण सुरु


३१ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक – मनसुनजन्य प्राकृतिक विपत्तिबाट घरवारविहीन भएका सिन्धुपाल्चोकका विस्थापित नागरिकको स्थायी आवास पुनःनिर्माण प्रक्रिया सुरु भएको छ । हालसम्म जिल्लाका १२ स्थानीय तहका विभिन्न स्थानमा बाढी, पहिरोजस्ता प्राकृतिक विपत्तिले घर गुमाएका एक हजार ४१ परिवार लाभग्राही कायम भएका छन् ।

जिल्ला विपद् व्यवस्थापन समितिको तथ्याङ्कानुसार सबैभन्दा बढी लाभग्राही हेलम्बु गाउँपालिकामा कायम भएका छन् । गत वर्षको मेलम्ची बाढीबाट हेलम्बुमा मात्रै ३९२ परिवार विस्थापित भएका थिए । लाभग्राही कायम भएकामध्ये हेलम्बुमा १८२, मेलम्ची नगरपालिका १५, बाहबिसे नगरपालिका ४०, भोटेकोशी गाउँपालिका १५, पाँचपोखरी थाङपाल गाउँपालिकाका दुई र बलेफी गाउँपालिकाका दुई परिवारको आवास पुनःनिर्माणका लागि सम्झौता भएको छ । पहिलो किस्तावापतको रकम निकासा गरिएको जिल्ला विपद् व्यवस्थापन समितिका प्रमुख तथा प्रमुख जिल्ला अधिकारी बेदनिधि खनालले जानकारी दिए ।

प्राकृतिक विपत्तिबाट विस्थापित नागरिकको स्थायी आवास पुनःनिर्माणको काम सुरु भए पनि जोखिमयुक्त बस्ती स्थानान्तरणको कामले भने अझै गति लिनसकेको छैन । पाँचपोखरी थाङ्पाल गाउँपालिकामा गत वर्ष याङ्ग्री र लार्केखोलामा आएको बाढीबाट प्रभावितको स्थानान्तरण प्रक्रिया सुरु भए पनि सुरक्षित स्थानमा जग्गाको व्यवस्थापन हुन नसक्दा कामले गति लिन नसकेको हो ।

गाउँपालिकाले याङ्ग्री, सुनचौर, माईखर्क, भाङच्युङ्ग र तिपेनीमा स्थायी बसोबास गर्ने बस्तीका बाढी प्रभावितलाई त्यस ठाउँबाट अन्यत्र स्थानान्तरण गर्न जिल्ला विपद् व्यवस्थापन समिति, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र पुनःनिर्माण प्राधिकरणमा पहल गरेको थियो ।

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार  १० : ५४ बजे

कांग्रेस महाधिवेशन : प्यानल बनाउन बन्देज, सभापति पदका लागि समेत चुनाव हुने निश्चितप्रायः

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा उम्मेदवारहरूले प्यानल बनाउन नपाउने

‘आजसम्म जो–जस्ले जे–जे बोल्नुभयो वा जेसुकै गर्नुभयो, आजसम्मको छोडिदिने : एमाले अपानी’ (पूर्णपाठसहित)

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टीभित्र अनुशासन पुनर्स्थापना गर्न

गुरु घिमिरेले पनि गराए महामन्त्रीमा उम्मेदवारी दर्ता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा विशेष महाधिवेशनबाट महामन्त्री बनेका गुरु

ओलीपछिको दोस्रो वरीयतामा भण्डारी, सचिवालय बैठकमा सहभागी हुने

काठमाडौँ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको सचिवालय बैठकमा सहभागी

मिनेन्द्र रिजालले गराए खुला उपसभापतिमा उम्मेदवारी दर्ता

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले १५औँ महाधिवेशनमा खुला