‘तिमीलाई रोजेँ’ नयाँ भर्सनमा आउँदै  « Khabarhub

‘तिमीलाई रोजेँ’ नयाँ भर्सनमा आउँदै 


३१ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गायक राजेश पायल राईले कलाकार मुरलीधरको अत्यन्तै मन पराइएको गीत तिमीलाई रोजेँ पुनः आफ्नो स्वरमा रि–रेकर्ड गराएका छन्।यसबारे उनले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन्। यस गीतलाई भिडियो निर्माण गरेर सार्वजनिक गर्ने तयारी छ।

वर्षौँ पहिले गायक, संगीतकार, गीतकार तथा कलाकार समेत रहेका मुरलीधरको उक्त गीतलाई गायक राजेशपायलले आफ्नो स्वरमा रेकर्ड गरी सुपरहिट एल्बम बैगुनी रैछौ मायालु एल्बममा संग्रहित गरेका थिए।

बुधबार गुरु पूर्णिमाको अवसर पारेर हस्ती संगीतकर्मी तथा कलाकर्मी मुरलीधर र गायक राजेशपायलबीच उक्त गीत नयाँसाज सज्जाका साथ पुनः रेकर्ड गरी रिलिज गर्ने सम्झौता भएको छ।

यसै अवसरमा गायक राजेश पायल र मुरलीधरसँग नयाँ गीत संगीतको लागिसमेत सहकार्य हुने सम्झौता गरिएको छ। गायक राजेशपायलले यो गीतबाट मुरलीधरसँगको सहकार्यको श्रृंखला अघि बढ्ने बताए ।

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार  १ : ४३ बजे

‘सरकार र शैक्षिक परामर्श व्यवसायीबीचको वार्ता चाँडै टुङ्गिन्छ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पौडेलले सरकार र शैक्षिक परामर्श

५८ करोड ५३ लाखभन्दा बढी राजस्व संकलन

दाङ– यातायात व्यवस्था कार्यालय तुलसीपुरले आर्थिक वर्ष २०८२-८३ मा ५८

रोकिराखेको बस आफैँ गुड्दा दुर्घटना, दुई तीर्थयात्रीको मृत्यु

त्रिशूली– नुवाकोटको टोखा–छहरे सडकखण्डमा आज भएको बस दुर्घटनामा दुई जनाको

काठमाडौंमा भारतको ८०औँ स्वतन्त्रता दिवस मनाइयो, ११ मृत सैनिकका परिवारलाई बीमा रकम प्रदान

काठमाडौं- भारतको ८०औँ स्वतन्त्रता दिवस शनिबार काठमाडौंस्थित भारतीय राजदूतावासमा विभिन्न कार्यक्रम

विशेष महाधिवेशन पक्षधरलाई साउदको जवाफ, ‘अदालतले वैधता देला, राजनीतिक एकता दिन सक्दैन’

काठमाडौं– नेपाली कांग्रेसका नेता एनपी साउदले इतर समूहको राष्ट्रिय भेलामा