सिन गर्नु अगाडी क्रिसले खाएनन् मासु  « Khabarhub

सिन गर्नु अगाडी क्रिसले खाएनन् मासु 


३१ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मार्भल सिनेम्याटिक युनिभर्स अन्तर्गतको  हिरो थोरको नयाँ सिरिज ‘थोरः लभ एण्ड थण्डर’ ले बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ । फिल्मलाई लिएर फ्यानले राम्रो प्रतिक्रिया नदिएता पनि फिल्मको कमाई राम्रो छ । यद्यपि फ्यान भने उत्साहित छैनन् ।

मार्भलको पछिल्लो फिल्म डाक्टर स्ट्रेञ्ज र थोरलाई राम्रो प्रतिक्रिया प्राप्त छैन । फिल्ममा अभिनेता क्रिस हेम्सवर्थ थोरको भूमिकामा छन् । यो भूमिकालाई उनले निर्भाव गर्दै आइरहेका छन् । यस पटक लेडी थोरको रुपमा अभिनेत्री नटाली पोर्टम्यान आएकी छिन् ।

यी दुईले फिल्मको इभेन्टको क्रममा सुनाएको एउटा प्रसँग यतिबेला सोसल मिडियामा भाइरल झैँ छ । एक अन्तवार्ताको क्रममा पार्टम्यानले फिल्मको ‘किस सिन’को छायांकन अघि उनी भेगन भन्ने थाहा पाएर क्रिसले मासु नखाएको बताएकी छिन् । ‘क्रिसले थाहा पाएपछि आफ्नै स्वज्ञानले त्यस्तो गरेका हुन् । यसले मलाई सजिलो बनायो । किनकी म भेगन हुँ’ उनले भनिन् ।

‘किस सिनको सुटिङ गर्ने दिन क्रिसले बिहान मासु खाएनन् । म भेगन भएकाले उनले यस्तो कदम उठाएका थिए । जबकि उनी हरेक आधा घण्टामा मासु खान्छन् ’ पोर्टम्यानले बताइन । क्रिस फिटनेसको कारण आफ्नो डायटको ख्याल गर्छन् । भेगनहरु जनावरमाथि मानव अत्याचार उन्मुलन गर्ने उद्देश्यले यस्तो जीवनशैली अपनाउने गर्छन् । टाइका वाईटीटीद्वारा निर्देशित यस फिल्ममा क्रिस, नटाली, थम्पसनका क्रिश्चियन बेल, क्रिस प्य्राट, भिन डिजेल, डेभ बाटिस्टा, करेन गिलान, पोम क्लेमेन्टिफ र ब्राडली कूपर पनि मुख्य भूमिकामा छन् ।

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार  २ : ०० बजे

हङकङबाट नेपालतर्फ लागे शेरबहादुर देउवा, पाँच महिनापछि स्वदेश फर्किँदै

काठमाडौं – पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा लामो

किशोर श्रेष्ठ पक्राउ परेपछि उपसभामुखको विवादास्पद पोस्ट : ‘पत्रकारको भेषमा राक्षस हाे’

काठमाडाैं – पत्रकार किशोर श्रेष्ठ पक्राउ परेपछि प्रतिनिधिसभाकी उपसभामुख रूबी

शिक्षामन्त्री पोखरेलद्वारा न्यूरोविकाससम्बन्धी अवस्था र बाल मानसिक स्वास्थ्य सेवाबारे छलफल

काठमाडाैं – सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले

युवा वर्गको चाहनाअनुसारको काम गरेर देखाउनुपर्ने छ : सभापति लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मुलुकले

पत्रकार किशोर श्रेष्ठ पक्राउ

काठमाडौं – पत्रकार किशोर श्रेष्ठ बुधबार राति पक्राउ परेका छन्