मेरो भारत भ्रमण आकस्मिक होइन : प्रचण्ड  « Khabarhub

मेरो भारत भ्रमण आकस्मिक होइन : प्रचण्ड 

चीन पनि चाँडै जानेछु


३१ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारत प्रस्थान गरेका छन् ।

तीन दिने भारत भ्रमणका लागि दिल्ली प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले आफ्नो भारत भ्रमण आकस्मिक नभएको बताएका छन् ।

तत्कालीन राजदूत विनयमोहन क्वात्राले भारत भ्रमण मिलाउने तयारी गरे भए पनि समय नमिलेको नभएको भन्दै प्रचण्डले क्वात्रा विदेश सचिव नियुक्त भएपछि आफ्नो सल्लाहमा अहिले भारत भ्रमण तय भएको जानकारी दिए ।

‘बाहिर देख्दा मात्र आकस्मिक देखिएको मात्र हो । क्वात्रा राजदूत हुँदा उहाँले भारत भ्रमण मिलाउने प्रयास गर्नुभयो । पछि उहाँ विदेश सचिव नियुक्त भएपछि मलाई समय कहिले मिलाऊँ भनेर सोध्नु भयो । मैले जुलाई १५ तिर राख्नु न भनेँ । अहिले यही समयमा भारत भ्रमण तय भएको हो,’ प्रचण्डले भने ।

भारत भ्रमणका क्रममा दुई देशबीचको सम्बन्ध थप बलियो बनाउनेदेखि व्यापारलगायतका विषयमा कुराकानी हुने जानकारी दिएका उनले चीन भ्रमणमा पनि चाँडै नै जाने जानकारी दिए ।

चार दिने नेपाल भ्रमण सकेर हालै स्वदेश फर्किएका चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ चियान छाओले आफूलाई चीन भ्रमणको निम्तो दिएको जानकारी दिँदै प्रचण्डले आफू चीन भ्रमणमा आउने वचन दिएको बताए ।

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार  १ : २५ बजे

बाढीपछिको पुनरुत्थानमा सबै शक्ति एकजुट हुनुपर्छ : प्रचण्ड

नुवाकोट – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

फिलिपिनी जहाज आगलागी : मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो, १३ अझै बेपत्ता

मनिला – फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तको पानीमा बुधबार पानीजहाजमा

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको