आउँदो वर्ष दुई सय किलोमिटर सडक कालोपत्रे गर्ने गण्डकी सरकारको घोषणा  | Khabarhub Khabarhub

आउँदो वर्ष दुई सय किलोमिटर सडक कालोपत्रे गर्ने गण्डकी सरकारको घोषणा 


३१ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा- गण्डकी प्रदेश सरकारले आउँदो वर्ष दुई सय किलोमिटरभन्दा बढी पक्की सडक बनाउने भएको छ । आगामी वर्ष २०७९-८० मा दुई सय ६ किलोमिटर सडक कालोपत्रे गर्ने सरकारले बजेट वक्तव्य मार्फत घोषणा गरेको हो ।

त्यसबाहेक २० वटा सडक पुल निर्माण गर्ने लक्ष्य छ । दुवै कामका लागि एकमुष्ट १० अर्ब विनियोजन गरिएको छ । हालसम्म सडक सन्जालले नछोएका गोरखाको चुमनुब्री र मनाङको नार्पाभूमि गाउँपालिकामा सडक विस्तारको अध्ययन गर्न दुई करोड विनियोजन भएको छ ।

आगामी वर्ष झोलुंगे पुल निर्माण गर्न १५ करोड छुट्याएको छ । नेपाल सरकारसँगको सहकार्यमा उत्तर दक्षिण द्रुतमार्गअन्तर्गत भीमाददेखि डेढगाउँ हुँदै त्रिवेणी जोड्ने सडक, शालिग्राम करिडोरलगायतका सडकमा प्राथमिकता दिने भौतिक पूर्वाधार विकासमन्त्री कुमार खड्काले बताए । उनका अनुसार चालू वर्षमा ९५ किलोमिटर सडक कालोपत्रे भएको छ भने एक सय ८५ किलोमिटर ग्राभेल भएको छ । आठवटा सडक पुल र चारवटा झोलुंगे पुल निर्माण भएको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ । पोखरामा प्रदेशस्तरीय बसपार्क निर्माणको थालनी आउँदो वर्षबाट गरिने बताइएको छ ।

नार्पाभूमिचुमनुब्रीमा सरकार गठन भएकै दिन दुई वर्षभित्र सडक सन्जाल पुर्‍याउने घोषणा गरिएको थियो । तर हालसम्म कुनै प्रगति भएको छैन । हरेक वर्ष बजेट विनियोजन हुन्छ, तर कार्यान्वयन हुँदैन । नार्पाभूमि पुग्ने सडक बनाउन अघिल्लो वर्ष पनि आठ करोड छुट्याइएको थियो । तर काम भएन । अहिले गाउँपालिकाले आफै डोजर किनेर सडक खन्न थालेको छ ।

‘सरकारसँग धेरैपटक भन्यौँ । पैसा पनि आयो, तर काम गर्न पाइएन । एक्यापका कारण सडक खन्न मिलेन,’ अध्यक्ष कोन्जो तेन्जिङ लामाले भने, ‘केही उपाय नलागेपछि पालिकाले नै डोजर किनेको छ । विस्तारै खन्न थालेको छ ।’

चुमनुब्री गाउँपालिकाको सीमानाभन्दा चार किलोमिटर वर मात्रै सडक पुगेको छ । तर त्यहाँ पनि मर्स्याङ्दी नदीमा पुल नबनेका कारण गाडी जान सक्दैन । स्थानीयहरू कोतोबाट हिँडेर गाउँ जान्छन् । नार र फू गरी दुई गाउँ रहेको यो पालिका जनसंख्याको हिसाबले नेपालकै सबैभन्दा सानो पालिका हो ।

 

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार  १ : ४६ बजे

सीसी क्यामेरा छ भनेर ढुक्क हुनुहुन्छ ? चोर पक्राउ पर्ने ग्यारेण्टी छैन

काठमाडौं– सुरक्षाका लागि तपाईंले अफिस, पसलदेखि घरमा सीसी क्यामेरा जडान

श्रीकृष्णजन्मष्टमीमा पाटनको कृष्ण मन्दिरमा भक्तजनको भीड (तस्बिरहरू)

काठमाडौं– श्रीकृष्णजन्माष्टमी पर्व आज (शनिबार) देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी

टप टी-२० सिरिज : दोस्रो खेलमा आज बंगलादेशसँग भिड्दै नेपाल

काठमाडौं – अस्ट्रेलियामा जारी भएको टप इन्ड टी-२० सिरिजमा नेपालले

इंग्लिस प्रिमियर लिग : लिभरपुलको विजयी सुरुवात

काठमाडौं– इङ्ग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनमा लिभरपुलले विजयी सुरुवात

पुटिनले भने- अर्को पटक मस्कोमा, ट्रम्पको जवाफ- त्यो सम्भव छ

अलास्का- युक्रेन युद्ध रोक्न भएको अमेरिका-रूस वार्ता सहमति नजुटी सकिएको