'पढाइमा प्रोत्साहन दिने उद्देश्यले छात्रवृत्ति प्रदान गरेका हौँ' | Khabarhub Khabarhub

‘पढाइमा प्रोत्साहन दिने उद्देश्यले छात्रवृत्ति प्रदान गरेका हौँ’


३१ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– भरतपुर महानगरपालिकाले स्नातक र स्नातकोत्तर अध्ययन गर्दै गरेका आठ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । महानगरद्वारा आज यहाँ आयोजित कार्यक्रममा  अपाङ्ग, लोपोन्मुख, अतिसीमान्तकृत, दलित र शहीद परिवारका विद्यार्थीलाई जनही रु १० हजारका दरले छात्रवृत्ति प्रदान गरिएको हो ।

प्राविधिक शिक्षातर्फ ती तहमा अध्ययन गर्दै गरेका ५० विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने महानगरको कार्यक्रम रहेको भए पनि पहिलो वर्ष आठ जनाले मात्रै छात्रवृत्तिका लागि आवेदन दिएका थिए ।

छात्रवृत्ति प्रदान गदैृ महानगर प्रमुख रेनु दाहालले शिक्षाको पहुँचबाट कोही वञ्चित बन्नु नपरोस् भन्ने उद्देश्यका साथ महानगर लागेको बताए । उनले भने, ‘पढाइमा प्रोत्साहन दिने उद्देश्यले छात्रवृत्ति प्रदान गरेका हौँ ।’ विद्यार्थीले प्राविधिक शिक्षा उत्तीर्ण गर्दासम्म हरेक वर्ष यो छात्रवृत्ति प्रदान गरिने उनले जानकारी दिए । 

महानगरपालिकाले लोपोन्मुख र सीमान्तकृत समुदायका ६९२ विद्यार्थीलाई वार्षिक तीन हजारका दरले छात्रवृत्ति प्रदान गर्दै आएको छ । महानगरपालिकाको शिक्षा महाशाखा प्रमुख महेन्द्र पौडेलले महानगरभित्र रहेका संस्थागत विद्यालयमा अध्ययनरत २३९ विद्यार्थीले पूर्ण छात्रवृत्ति प्रदान गरेर कक्षा ११ र १२ मा अध्ययन गर्दै आएको जानकारी दिए । महानगरलाई शिक्षाको केन्द्र बनाउने उद्देश्यले शिक्षा क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आएको उनले जानकारी दिए । 

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार  २ : ०१ बजे

सीसी क्यामेरा छ भनेर ढुक्क हुनुहुन्छ ? चोर पक्राउ पर्ने ग्यारेण्टी छैन

काठमाडौं– सुरक्षाका लागि तपाईंले अफिस, पसलदेखि घरमा सीसी क्यामेरा जडान

श्रीकृष्णजन्मष्टमीमा पाटनको कृष्ण मन्दिरमा भक्तजनको भीड (तस्बिरहरू)

काठमाडौं– श्रीकृष्णजन्माष्टमी पर्व आज (शनिबार) देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी

टप टी-२० सिरिज : दोस्रो खेलमा आज बंगलादेशसँग भिड्दै नेपाल

काठमाडौं – अस्ट्रेलियामा जारी भएको टप इन्ड टी-२० सिरिजमा नेपालले

इंग्लिस प्रिमियर लिग : लिभरपुलको विजयी सुरुवात

काठमाडौं– इङ्ग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनमा लिभरपुलले विजयी सुरुवात

पुटिनले भने- अर्को पटक मस्कोमा, ट्रम्पको जवाफ- त्यो सम्भव छ

अलास्का- युक्रेन युद्ध रोक्न भएको अमेरिका-रूस वार्ता सहमति नजुटी सकिएको