कुटपिटबाट ५५ वर्षीया एक महिलाको मृत्यु « Khabarhub

कुटपिटबाट ५५ वर्षीया एक महिलाको मृत्यु


३१ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राजविराज– सप्तरीको डाक्नेश्वरी नगरपालिका–८ स्थित कटीमा आज एक महिलाको कुटपिटबाट मृत्यु भएको छ  । मृत्यु हुनेमा कटी निवासी ५५ वर्षीया जीरादेवी मण्डल रहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए । सोही ठाउँका राजेश शर्मा र गणेश शर्माले जीरादेवीलाई कुटपिट गर्दा उनको मृत्यु भएको थियो  । 

स्थानीय मनोज मण्डल साइकलमा खाद्यान्न लिएर आफ्नो घरतर्फ आउँदै गरेको अवस्थामा राजेश र गणेशको आफन्त पर्ने एक बालकलाई साइकलले ठक्कर दिएको भन्दै विवाद भएको थियो । सोही विवादको क्रममा राजेश र गणेशसहित गाउँका अन्य व्यक्तिले मनोजलाई कुटपिट गर्न थालेपछि आफ्नो छोरालाई बचाउने क्रममा उनीहरूको कुटपिटबाट जीरादेवीको मृत्यु भएको बुहारी अमरीदेवी मण्डलले जानकारी दिइन् । 

मृतकको शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा पठाइएको छ ।  कुटपिटमा संलग्न व्यक्ति फरार भएका र उनीहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ  । 

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार  २ : ११ बजे

मनोनित हुने अवसर एकजनालाई एक पटक मात्र दिनुपर्छ : नेता अधिकारी

काठमाडौं – नेकपा एमालेका नेता काशीनथ अधिकारीले समानुपातिकतर्फ एकपटक सांसद

अलैँचीको निर्यात ६० प्रतिशतले बढ्यो

झापा – चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा अलैँचीको

राजनीतिमा नयाँ र पुराना हैन, एजेण्डाको अर्थ हुन्छ : महासचिव पोखरेल

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र

काठमाडौंका यी स्थानमा काटिदैछ शनिबार बिजुली

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली

डडेलधुरामा जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु

अमरगढी – डडेलधुरा जिल्लाको रामपुरमा अटो र जिप ठोक्किँदा एक