‘कोही पनि नागरिक नागरिकता प्राप्त गर्ने अधिकारबाट वञ्चित हुनुहुँदैन’ « Khabarhub

‘कोही पनि नागरिक नागरिकता प्राप्त गर्ने अधिकारबाट वञ्चित हुनुहुँदैन’


३१ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिनिधिसभाको आजको बैठकमा ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९’ माथिको सैद्धान्तिक छलफल जारी रह्यो । उक्त प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसदले कोही पनि नेपाली नागरिक नागरिकता प्राप्त गर्ने अधिकारबाट वञ्चित हुन नहुने र कुनै पनि गैर नेपालीले नागरिकता प्राप्त गर्ने अवस्था ल्याउन नहुनेमा जोड दिए ।

पुष्पा भुसाल गौतमले नागरिकता विधेयक पारित भएपछि लामो समयदेखि नागरिकता प्राप्त गर्न नसकेका सन्ततिले नागरिकता प्राप्त गर्ने बताइन् । नागरिकता सरल ढङ्गबाट प्राप्त गर्ने वातावरण बनाउन उनले सरकारको ध्यानाकर्षण गराइन् । सांसद जयकुमार राईले आमाको नामबाट नागरिकता प्राप्त गर्ने अधिकार खोजी गरिरहँदा कैयौँ नेपालीले ज्यान गुमाउनुपरेको उल्लेख गर्दै नागरिकता प्राप्त गर्ने विषयलाई नागरिकको अधिकारका रूपमा लिइनुपर्नेमा जोड दिए ।

सांसद नारायणप्रसाद मरासिनीले गैरआवासीय नेपालीले आर्थिक, सामाजिक र सांस्कृतिक दृष्टिले नागरिकता पाउने विधेयकको बाटो सकारात्मक भएको बताए । उनले सहजरुपमा नागरिकता प्राप्त गर्ने विषयमा सरकारले थप पहल गर्नुपर्ने आवश्यकता औँल्याए । सांसद शिवकुमार मण्डलले सरकारले विधेयक ल्याएसँगै नागरिकताबाट वञ्चित नागरिकलाई राहत मिलेको बताए । बिना कारण नागरिकताबाट वञ्चित गराइएका नागरिकलाई तत्काल क्षतिपूर्ति दिने विषयमा पनि सरकारले सोच्नुपर्ने उनको भनाइ थियो ।

सांसद वीनाकुमारी श्रेष्ठले नागरिकताजस्तो आधारभूत अधिकार प्राप्त गर्न नसकिएको अवस्थामा नागरिकमा सामाजिक र मनोवैज्ञानिक असर परेको बताइन् । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकका लागि विधेयकमा कुनै व्यवस्था नभएको उल्लेख गर्दै उनले विधेयकले लैङ्गिकरुपमा विभेद गरेको बताइन् । सांसद पूर्णकुमारी सुवेदीले गैरनागरिकलाई नागरिकता दिन नहुने र नेपाली नागरिक गैरनागरिक हुनुपर्ने अवस्थाको अन्त्य हुनुपर्नेमा जोड दिइन् । “राज्यले नागरिकलाई नागरिकताको हकबाट वञ्चित गराउन हुँदैन”, उनले भनिन् ।

सांसद सञ्जयकुमार गौतमले नागरिकता विधेयक ल्याएर सरकारले गैरनागरिक बनेका नागरिकलाई राहत दिएको बताए । सांसद सरलाकुमारी यादवले कुनै पनि नेपाली नागरिक देशविहीन बन्नु नपरोस् भन्ने उद्देश्यले वर्तमान सरकारले यसअघि दर्ता गरेको विधेयक फिर्ता लिएर नयाँ विधेयक दर्ता गरेको बताइन्।

सांसद प्रमिला राईले कुनै पनि नेपाली नागरिकले नागरिकता नपाएर भौतारिन नपरोस् भनी सरकारको ध्यानाकर्षण गराइन्। आमा वा बुबाको नामबाट सन्तानले नागरिकता पाउने प्रावधान संविधानमा उल्लेख भए पनि बुबाको पहिचानबिना नागरिकता नपाउने समस्या देखिएकाले नेपाली आमाले जन्माएको सन्तानले स्वतः नागरिकता पाउन सक्नेमा प्रष्ट पार्न आग्रह गरिन्।

सांसद पवित्रा निरौला खरेलले नागरिकता विधेयक नआउँदा नेपालीका छोराछोरी शिक्षा, रोजगारीलगायत अधिकारबाट वञ्चित भएको बताइन्। उनले गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गर्ने विषय विधेयकमा राखिनु सकारात्मक भएको बताइन् ।

सांसद बिन्दा पाण्डेले यो विधेयक संविधान उल्लेखित नागरिकताको प्रावधानसँग मेल नखाएको तथा विधेयक समानताको हकविपरीत रहेको गुनासो गरिन् ।उनले वैवाहिक अङ्गीकृत नागरिकतासम्बन्धी प्रावधानमा पारस्परिक समानताको प्रचलन र लैङ्गिक समानताको पक्षमा मुलुकको हितलाई शिरमा राखेर विधेयक पारित गर्न आग्रह गरिन् ।

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार  ३ : ३५ बजे

व्यास-१४ मा गौरवको आयोजना ‘गरजौदी खानेपानी’

तनहुँ– जिल्लाको व्यास नगरपालिका–१४ मा गौरवको आयोजनाका रूपमा रहेको गरजौदी

भजन संस्कृति प्रवर्द्धन गर्दै ललितकला क्याम्पस

काठमाडौं– ललितकला क्याम्पस, श्रीरामचन्द्र मन्दिर तथा श्रीरामचन्द्र निजी गुठीले संयुक्त

बुटवल-गोरुसिङ्गे सडक आयोजना : सामग्री अभावले काम प्रभावित

लुम्बिनी– पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्डको स्तरोन्नति आयोजनाका लागि नदीजन्य सामग्रीको

मुख्यमन्त्री बानियाँद्वारा सूर्य स्मृति भवनको उद्घाटन

मकवानपुर– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सूर्यबहादुर डिमडुम स्मृति भवनको

एमाले निर्वाचनमा सहभागी हुन्छ : सचिव राई

मोरङ–  नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नवनिर्वाचित सचिव शेरधन राईले आगामी